यस्ता छन् बदाम खानुकाे फाइदै फाइदा

जाडाे माैसममा बदाम अर्थात् मुंम्फली खानुकाे मज्जा नै बेग्लै हुन्छ । प्रायः मानिसहरू साथीभाइसँग समूहमा मिलेर जाडाे याममा घाम ताप्दै भुटेकाे तात्ताताे बदाम खान खूब रुचाउँछन् । उनीहरू यसलार्इ सुखद ‘टाइम पास’ काे रूपमा लिन्छन् । तर यसकाे फाइदाकाे बारेमा जानेपछि भने उनीहरू पक्कै यसलार्इ टाइम पास मात्र भन्न छाड्नेछन् ।

बदाम कति उपयाेगी छ भन्ने कुरा यसमा पाइने एंटिअक्सडेन्ट्स, भिटामिन, मिनरल्स अादि तत्वले पुष्टि गर्दछ । यसमा भिटामिन र्इ प्रचूर मात्रामा पाइन्छ । यसकाे सेवनले तनाव घटाउनुकाे साथै छालालार्इ सुन्दर र मुलायम बनाउँछ । जाडाेमा छाला सुख्खा हुने समस्यालार्इ निराकरण गरी चमकदार र तनावमुक्त त्वचाकाे लागि बदाम खानुहाेस् ।

गर्भवती महिलाकाे लागि बदामकाे सेवन अझ प्रभावकारी हुन्छ । यसमा पाइने फाेलेट नामक तत्वले शरीरमा काेष विभाजन कार्यमा निकै मद्दत पुर्याउँछ । साथै गर्भमा रहेकाे शिशुकाे मस्तिष्क सम्बन्धी समस्यालार्इ पनि हटाउँछ ।

त्यसैगरी, बदाममा प्रचूर मात्रामा पाइने प्राेटिनकाे कारणले शारीरिक वृद्धि-विकासमा यसकाे भूमिका अपरिहार्य छ । तसर्थ खालि बच्चाकाे शारीरिक विकासमा मात्र प्रभावकारी नभर्इ बडी बिल्डिंगकाे शाैखिन युवाहरूका लागि पनि याे उत्तिकै महत्वपूर्ण छ ।

भिटामिन बी काे राम्राे स्राेतकाे रूपमा लिइने बदाममा भिटामिन बी३ पनि मनग्गे पाइन्छ जुन स्मरणशक्ति र तेजिलाे दिमागकाे लागि एकदम जरूरी हुन्छ । यसबाहेक बदाममा भिटामिन बी कम्लेक्स पनि प्रचूर मात्रामा पाइन्छ । यसमा हुने ट्राइटाेफन नामक अमिनाे एसिडले मस्तिष्कमा सेराेटाेनिनकाे उत्पादनमा सहयाेग गर्दछ । डिप्रेसनकाे शिकार भएका मानिसहरूका लागि झन् बदामकाे सेवन फाइदाजनक हुन्छ ।