यसरी ठगिँदैछन् पाईला पाईलामा उपभोक्ता

सरकारी निकायको फितलो अनुगमन तथा कमजोर कानुनको फाईदा उठाउँदै ब्यापारीले कम गुणस्तरको सामान महँगो मुल्यमा उपभोक्तालाई बिक्री गरिरहेको पाइएको छ । उपभोक्ता अधिकारका विषय नारामा मात्र सीमित रहँदा वस्तु तथा सेवा क्षेत्रमा उपभोक्ता पाईला पाईलामा ठगिने गरेका छन् । आजको कारोवार दैनिकमा खबर छ ।

व्यवासयीले हरेक क्षेत्रमा उपभोक्ता ठगिरहेको विभिन्न अध्ययनले देखाएको छ । स्वास्थ्य, शिक्षा, खाद्यान्न, पेट्रोलियम, सुनचाँदी, पेयपदार्थ, माछामासु, तरकारी, फलफुल, अटोमोबाईल, यातायात, लत्ताकपडा, ड्राईभिङ्लगायतका अधिकांश क्षेत्रमा उपभोक्ता ठगिरहेको पाईएको छ ।,