जाजरकोटमा भाइरल ज्वरोको प्रकोप, ९ जनाको मृत्यु

६ सय भन्दा बढी बिरामी

जाजरकोटमा एक साता पहिलेदेखि फैलिएको भाइरल ज्वरो र रुघाखोकी कारण ८ दिने नाबालक सहित ९ जनाको मृत्यु हुनुकाे साथै ६ सय भन्दा बिरामी भएका छन । ज्वरो र रुघाँखोकीका कारण जुनीचाँदे गाउँपालिकामा ६ सय भन्दा बढी गाउँलेहरु विरामी परेको बताइएकाे छ । 

 दैनिक स्वास्थ्य चौकीमा उपचारका लागि आउने झण्डैं ६० देखि ७० जना भाइरल विरामी नै आउने गरेको बड्कुले मजकोटका इन्चार्ज हरिबहादुर सिंहले बताए । मृत्यु हुने मध्य केही दीर्घरोगी रहेको र उनीहरूको रुघा खोकी र भाइरल ज्वरोले केही दिन थलिएर ज्यान गएको इन्चार्ज सिंहले बताए ।

ज्वरो र रुघाँखोकी कारण जुनीचाँदे गाउँपालिका -२, मजकोटका ६५ वषर्ीया धनसरा नाथ, ५७ वर्षीया आइती तिरुवा, -३, का ६७ वर्षीय करसिंह टमाटा, ७५ वर्षीय सतरुप शाही र ५ जना नाबालकको मृत्यु भएको छ । मृत्यु हुने बालबालिकामा एक महिनाका २ जना, ८ दिनका २ जना र ४ वर्षको १ जना छन् ।

जिल्ला सदरमुकाम खलंगाबाट झण्डै दुई दिन पैदल दुरीमा पर्ने जुनीचाँदेमा मौषम परिवर्तनसँगै अत्यधिक चिसो बढेको कारण भाइरल प्रकोप फैलिएको ईञ्चार्ज सिंहको भनाइ छ । शुरुमा जुनीचाँदे गाउँपालिका -१, २ र ३ नम्बर वडामा फैलिएको भाइरल ज्वरो र रुघाँखोकी नियणन्त्रणमा नआउँदा पुरै गाउँपालिकामा नै फैलिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटबाट रोग पहिचानका लागि स्रोतव्यक्ति एवं ल्याव टेक्नीसियन कृष्ण खत्रीसहित डाक्टरहरुको टिम घटना स्थलमा पठाइएको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताए ।