जर्जशोरज र फादरमोन फाउन्डेशन अनुकूल राजनीति परिघट्नाले निम्त्याएको अस्थिरता

साम्राज्यबादी मुलुकको नेपालप्रतिको सामरिक मोह

उग्रराष्ट्रवाद,मौनसम्झौतावाद कमिसनवादी प्रजातन्त्र देश र जनताको लागि भयानक खतरा हुन्छ – लेनिन

नेपाली समाजमा प्रयाप्त राजनीति अस्थिरताको मुलजड हामीले भारतीय बिस्तारवादलाई दिदै आएका छौ । तितोसत्य एउटा के हो भने राष्ट्रिय स्वाभिमानमा अमानविय हिसाबले हस्तक्षेप भएको यथार्थ हो । बिश्वमा त्रिकोणत्मक साम्राज्यवादी शक्ति बाझिएको यो अबस्थामा नेपाली स्वाभिमान र प्रजातन्त्रको असुरक्षा भारतबाट जति छ । त्यसको सयौँगुणा खतरा पश्चिमा शक्ति राष्ट्रहरुबाट बढी देखिन्छ ।

लेखक

साम्राज्यबादी मुलुकको नेपालप्रतिको सामरिक मोह

बिट्रिस इष्टइन्डिया राजदुतावास स्थापनाकालपछि दोस्रोपल्ट अमेरिकी राजदुतावास नेपालमा स्थापना भएको हो । जसको अहिलेसम्म आकार प्रकार कर्मचारी कहाँ कति छन यो नेपाली जनता र छिमेकी दुई ठुला शक्तिराष्ट«हरुलाइ समेतलाई थाहा छैन । बिश्वमा अमेरिकी राजदुतावास मध्य साउदी अरबपाछिको दोस्रो ठुलो राजदुतावास नेपालम छ । मुस्लिम मुलुकहरूबाट हुने धार्मिक हुलदङगा र इसाई मिसनमा आउने अवरोधलाई निगरानीमा राख्न साउदी अरबमा त्यो प्रकारको शक्तिशाली राजदुतावास स्थापना गरेको हो । भने नेपालमा एसियायी मुलुकमा आफ्नो प्रत्यक्ष हैकम जमाउन र चिन र भारतमा आफ्नो अनुकुल राजनीति धार्मिक आर्थिक र सैनिक शक्ति स्थापना र इसाई मिसनको प्रचारप्रसार गर्न यो चालबाजी गरेको यथार्थ हो।

पछिल्लो समयमा अमेरिकी साम्राज्यको प्रत्यक्ष उपस्थिति 

नेपाली जनताका मौलिक हक अधिकारमाथी सामन्तवादी राजसंस्थाले गरेको जरजर अत्याचार नेपाली जनताको विकसित राजनीतिक चेतनास्तरसँगै २०३६ सालको जनमत संग्रह र २०४६ सालको गौरवपुर्ण जनआन्दोलनपछि नेपाली राजनीति दलका नेतागणहरुमा देखिएको खुकुलो प्रशासनिक अकर्मण्यताको फाइदा अमेरिकी मुलुकले अप्रत्यक्ष लिन सफल भएको यथार्थ हो । तितो यथार्थ एउटा के छ भने बृहत शान्ति सम्झौता र १२ बुदे सहमति भारतको प्रत्यक्ष सहभागिता र निगरानीमा हुदा पश्चिम् मुलुक बिशेषगरि अमेरिकालाई भित्री मन नपरेको सत्य थियो । जसलार्इ भाड्न र असफलताको लागी उसको हात धेरै छ । दसबर्षको जनयुद्ध र २०६२ र ६३ को जनआन्दोलन पछि स्थिरता र दिगो शन्तिलाइ आँच पुर्‍याउन नराम्रो प्रपन्च रचना भएको जगजाहेर छ ।

के चहान्छ अमेरिका नेपालको राजनीतिक स्थिरता वा अस्थिरता 

१९४९ मा अमेरिकी सिआइएले निकालेको तथ्यांक  अल ककफिड एट द एसिया इन नेपाल भनेर आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । जसको प्रारुप प्रारम्भिक सुरुवात अगाडि बढाउन कसरत छ। संविधान घोषणादेखि अहिलेसम्मका हरेक राजनीतिक घटनाको गहिरो अध्यन गर्ने हो भने संघियता धर्म निरपेक्षता दुइटा मुदालाइ इसु बनाएर राजनीति अस्थिरता बल्झाइ राख्ने लामो चालबाजी मंचन गरिएको छ । पहाडीया तथा मंगोलियन समाजमा इसाई प्रचारप्रसार बाजि धर्म थोपर्ने र एकलकाटे पहाडी उग्रराष्ट्रबादबाट अतिरन्जित पारेर तराईमा बसोबास गर्ने मधेसी जनतालाई हामि नेपाली मुलुकका जनता होइन रहेछौ भन्ने कुन्ठित पलायन बिचार थोपर्ने मुलत पहाडी र तराई बासी बीचमा बिखण्डन पैदा गरेर देशमा गृहयुद्धमा फस्टाउनु र भारत चिनलाइ असफल छिमेकी साबित गरेरै आफ्नो सैनिक शक्ति शान्ति मिसनकोबाटाे बाट नेपाल हुँदै एसियायी मुलुकमा उपस्थितिको लागी नेपालमा राजनीति अस्थिरता कायम गराउन चहान्छ।

प्रतिनिधिपात्र बाम एकता र एक षड्यन्त्र 

हिन्दु सँस्कृतिबाट भारतदेखी अलग र बौद्ध सस्कृतिबाट नेपाल भन्दा पृथक गराउन जर्ज सोरज र फादर मोन फाउन्डेसनको अधिक कसरत छ । जसका प्रतिनिधि पात्रहरू नेपालका राजनीतिक दलहरबाट केपि ओलि प्रचण्ड र सिके रावत नाङ्गो रूपमा आएको देखिन्छ । फादर मोन फाउन्डेसनको लगानीमा चुनाव खर्च र पार्टी संचालन गर्दै आएको यथार्थ हो । संविधान संसोधनको पक्षमा रहेको माके र विपक्षम रहेकोे एमालेलाई एकैठाँउमा लिएर संविधान संसोधनको विपक्षम लिने फादरमोन फाउन्डेसनको ध्यय छ । यतिभएपछी मधेसी मुलुकमा संविधान संसोधित मुदा हालेर मधेसबादी राजनीति दलहरुलाइ देश बिखण्डनको संघारमा पुगाउने अप्रादिक खेल साम्राज्यबादिको छ । जसको प्रतिनिधि पात्रको रूपमा माके एमाले र मधेसी राजनीति दलहरू ढाल बनेर आएका हुन ।