नेपालगन्ज एयरपोर्टमा दलाल र बिचौलीयाहरूको बिगबिगी

बुद्ध एयरका कर्मचारी नै लिन्छन् यसरी काउन्टरमै कमिसन

नेपालगन्ज एयरपोर्टमा फेरि बिचौलियाहरूको बिगबिगि सुरू भएको छ । प्राय अप्ठयारो मौसम र जटिल परिबेशमा एरपोर्टमा दलालहरूको बिगबिगी बडने गरेको हो । बिचौलियाहरूले खराब मौसम र अप्ठयारो परस्थितिको फाइदा उठाउदैे टिकट भन्दा बाहिर कमिसन बुझ्दै पठाउने गरेको पाइएको छ । त्यस्तै १६ गतेदेखि खराब मौसमका कारण अस्तब्यस्त भएको तराइ क्षेत्रको उडानको फाइदा एयरपोर्टका बिचौलियाहरूलाइ भएको हुम्लाबाट काठमााडौँको यात्रामा आएका मिन्मा लामा बताउछन । 

बुद्ध एयरका कर्मचारीले लिन्छन यसरी काउन्टरमै कमिसन

कालिकोट डिल्लीकोटका कृष्ण सिंह हतार हतारमा काठमााडौँ जान एयरपोर्ट पुगे अघिल्लो दिन नै टिकट लगिसकेका उनि ढुक्कसंग एरर्पोर्ट पुगे तर एरपोर्टको अबस्था बेग्लै थियो । यात्रुहरूले भरिएको एरपोर्टमा कर्मचारीहरूको बेग्लै दौडधुप बेग्लै थियो । पहिलो त खराब मौसमका कारण पहिलो दिनअर्थात १६ गतेदेखि केहि उडानहरू रद्द भएका थिए । उनि दोस्रो दिनको पर्खाइमा बसे काउन्टरमा जानकारी दिएर बसेका उनि ढुक्कसंग बसे तर काउन्टरका कर्मचारीहरूले उनको स्थानमा अर्को ब्यक्तिलार्इ बढि रकममा उडाइदिए ।

त्यस्तै बुद्ध एयरमा टिकट लगेका एक मल्ल थरका ब्यक्ती तिन दिन पेन्डिङमा बसे । मल्ल भन्छन् मैले काउन्टरमा निरन्तर ओहरदोहर गरिरहे जानकारी लिइरहेँ तर मेरो सुनुवाइ काउन्टरका कर्मचारीहरूले गरेनन् । मल्लका अनुसार उनका आँखै अगाडी टिकट भन्दा बाहिर रकम बुझि अन्य तिन जना  ब्यक्ती सुटुक्क पठाए ।  उनको सिटमा काउन्टरका कर्मचारीहरूले ओभर कमिसन बुझेर अन्य मान्छे पठाए मल्ल हेरेको हेर्यै भएको बताए । तर बुद्भएयर नेपालगन्जका ब्यवस्थापक विनित  शाहले भने हरेक कुरा सिस्टममा हुने भएकाे भन्दै आफ्ना कर्मचारीहरूले  त्यस्तो ब्यवहार नगरेको दावी गरे । 

यसरी ठगिन्छन कर्णालीबासीहरू

एयरलाइन्सहरूले सरकारकाे खिल्ली उडाएका छन । नेपालगन्ज एयरपाेर्टबाट कर्णालीबासीहरूबाट निरन्तर रूपमा चर्काे भाडा उठाउदै अाएका छन ।  सरकारले सिंगल इन्जिन विमानलार्इ यात्रु बाेक्न नपाने भनेकाे छ । तर त्यसलार्इ खिल्ली उडाउदै एयरलाइन्सहरूले चार्टरका नाममा निरन्तर उडान भर्ने गरेका छन  । नेपाल नागरिक उड्डयन प्राधिकरणले यस्ता सिंगल इन्जिन जहाजमार्फत यात्रु बोक्न पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । प्राधिकरणले सीता एयर र एयर काष्ठमाण्डप तारा मकालु सिम्रिक एयरलार्इ यात्रु बोक्न प्रतिबन्ध लगाउँदै कार्गोमा झारिदिएको छ । तर त्यसकाे ठिक बिपरित यी जहाजहरूले यात्रुबाट ४५०० भाडामा चाटर फल्यायट भनेर ८ ७०० लिन्छन कहिलेत ९ हजार देखि १३ सम्म लिने गरेका छन् ।