‘लागुऔषध नियन्त्रणका लगि सञ्चारमाध्यमले भूमिका बढाउनुपर्ने’

लागुऔषध ओसारपसार र प्रयोग नियन्त्रण गर्न सञ्चारमाध्यमले ठुलो भूमिका खेल्नुपर्ने बताइएको छ । लागुऔषध नियन्त्रण शाखाले आयोजना गरेको कार्यक्रममा पछिल्लो समय नेपालमा लागुऔषधको प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ ।

लागुऔषध दुव्र्यसनीको संख्या बढ्नुले समाजमा समस्या निम्ताउँदै गएकाले समाधानका लागि नागरिक समाज, सञ्चारकर्मी र सुरक्षा निकाय गम्भीर हुनुपर्ने बताइएको छ ।

केदार न्यौपानले नेपालमा वर्षेनी ११ प्रतिशतका दरले लागुऔषधका प्रयोगकर्ता बढिरहेको तथ्यांक प्रस्तुत गर्दै ,नियन्त्रण ऐन २०३३ धेरै पुरानो भएकाले परिमार्जन गर्न आवश्यक रहेको बताए ।

सही सूचनाको सम्प्रेषण, समस्याको समाधानका लागि पहल, नीति निर्माण र सरकारलाई पृष्ठपोषकको रुपमा सञ्चारमाध्यमले भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिलाई दुरुपयोग गरी लागुऔषधको रुपमा प्रयोग गर्ने भएकाले यसलाई रोक्न सबै गम्भीर हुनुपर्र्ने बताए ।