भारतमा मजदुरी गरी फर्किएका दुई नेपाली वनवासामा लुटिए

भारतमा मजदुरी गरी घर फर्किने क्रममा दुई नेपाली सीमावर्ती भारतीय बजार वनवासामा आज लुटिएका छन्। लुटिनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ८ फुलेलिएका २७ वर्षीय तेजबहादुर ऐर र अर्का उनकै छिमेकी रहेका छन्।

दुवै जना भारतको नयाँ दिल्लीमा तीन महिना मजदुरी गरी घर फर्कदै गर्दा भारतीय सिमावर्ती बजार वनवासास्थित आम बगैँचा नजिक लुटिएका हुन्।

अपरिचित मोटरसाइकलमा आएका चार जनाले चक्कु देखाएर लुटेको ऐरले बताए। आफूहरुसँग भएको मोबाइल, ज्याकेट, झोला र मजदुरी गरेर कमाएको नगद रु २० हजार भारतीय रुपैयाँ लुटेर लगेको उनको भनाइ छ। लुटपाटपछि बेखर्ची भएका दुवै जना ३५ किलोमिटरको यात्रा पैदल तय गर्दै घर पुगेका छन्।