१५ दिनमा फेरि बढ्यो इन्धनको मूल्य

स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन, गएरातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थमा प्रतिलिटर एक/एक रुपैयाँ मूल्य बढाइयो ।

काठमाण्डा्े । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको पुनः मूल्य बढाएको छ । निगमको स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो ।

निगमले गए राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १/१ रुपैयाँले बढाएको हो । निगमले १५ दिनको फरकमा पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । यसअघि निगमले मंसिर २२ गते इन्धनको मूल्य समायोजन गरेको थियो । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ । यस्तै डिजेलको मूल्य र मट्टीतेलको मूल्य प्रतिलिटर ७८/७८ रुपैयाँ पुगेको निगमले जनाएको छ । खाना पकाउने र हवाई इन्धनको मूल्य भने बढाइएको छैन् ।