मृग भनेर गोली हान्दा महिला घाइते !

समातिए चार ‘शिकारी’

सिकारीको गोली लाग्दा काठमाडौंको टोखास्थित झोरको जंगलमा एक महिला घाइते भएकी छन् । मृग भनेर ती सिकारीले महिलालाई गोलो हानेका थिए ।

बुधबार दिउँसो स्थानीय चासेडाँडाका चारजना युवा शिकार खेल्न जाँदा जंगलमा यो घटना भएको हो । घटनामा झोरकी ३५ वर्षीया दुर्गा दुलाल घाइते भएकी महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिएका हुन् ।

दुलाल घाँस काट्न गएको बेला गोली प्रहार भएको धानुकले जानकारी दिएका छन् । गोली प्रहार गर्ने युवालाई प्रहरीले नियन्त्रणमा लिइसकिए छ । घाइते दुलाललाई उपचारका लागि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल टोखामा लगिएको र घाइतेको अवस्था सामान्य रहेको छ ।