मेरा बा !

गजल

लेखक

कुटो कोदाली गर्दै पसिना बगाउछन मेरा बा 
छोरो सहर पढाउन भनी कमाउछन मेरा बा !

आखिर बुझ्नै पर्छ मैले मेरा बाको पसिना 
राम्रो गरे स्याबास देलान् नत्र बर्बराउछन मेरा बा  !

म सज्जन भए पो खुसी हुन्छन् मेरा सन्तान पनि
नत्र त्यही समाजको अगाडि लर्बराउछन मेरा बा !

ए छोरो राम्रो बन्नू भनी,खबरदारी गर्दाखेरी  
म त पढ्दिन भन्दिन्छु अनि डराउछन मेरा बा !

आखिर मैले राम्रो काम गरे ,बच्छ इज्जत सबैको 
नराम्रो गरे त्यही समाज बाट,हराउछन मेरा बा !!

कालिकोट ।