सपना केजरीवाल परिणाम हरिकंगाल,बिचरा बाबुराम !

काली बहादुर मल्ल

डा.बाबुराम भट्टराई माअाेवादीदेखि भाग्नेबेला अाफुलाई अब्बल नेताकाे रुपमा दावि गर्दै”भारतका माेदि र केजरिवाल” बन्न सक्ने भनेर भाग्नु भाे।र,केही साथिहरु भन्ने गर्थे “प्रचण्डसंग बसेर बाबुराम काे भलाे हुदैन ।

हुन पनि संविधान जारी गरेर माेदि बन्न जानू भाे। उहाँको नाराबाट हाैसिएर “भाेका कुकुर का बिचमा ढुंगा फाल्दा कुकुरहरु झुम्मिए झैं”केही बुद्धिजीवी ,पुर्ब कर्मचारि पनि उहीँ पछि दाैडिए ।

र  बिस्तारै सुंङ-सांङ गरि अा अाफ्नाे ठाउँ फर्किए । संभवत बाबुराम जिकाे बाहिर जाे याेजनावद्ध जाे प्रचार माअाेवादीलाई कम्जाेर बनाउने भारतिय याेजना थियाे ।

त्यहि नबुझेकाहरु पछि लागे पनि राजनितिक र संगठनात्मक याेजना देखा परेका दुर्बलता पछि सबै पछि हटे । बाबुराम जिलाई याे लागेन कि उहाँलाई प्रचण्डले टुप्पि समातेर तान्नु भाे । उहाँलाई लाग्याे “मेराे बिषय विज्ञताले म यहाँ पुगें मेराे कारणले पाे प्रचण्ड छ ।”बाबुराम जि याे पनि देख्नु भएन कि डाक्टरी गरेका अरु पार्टीमा पनि छन । तर उनी नेतृत्वमा छैनन् कम शैक्षिक याेग्यता भएकाले डक्टरलाई कमान गरिरहेका छन् ।

वास्तवमा एउटा कुनै बिषयकाे विज्ञ हुने कुरा समग्र राजनिति बुझेर कमान्ड गर्ने फरक कुरा हाे । जाे बाबुराम जिलाई मुखले नबाेले पनि वा नस्विकारे पनि स्विकार्ने त उहाँको शव्दकाेष मै हुदैन ।

मन मनमा लागेकाे हुनुपर्छ।अहिलेकाे निर्वाचन परिणामले उहालाई केजरिवाल हाेईन हरिकंगाल बनाईदियाे । तर उहाँकाे ठेक्का पूरा भयाे त्याे भनेकाे माअाेवादि  कम्जाेर वनाउने । फेरि पनि अाफु प्रचण्ड भन्दा माथि हुने सपना भने हुरिले उडायाे भन्दा बढि नहाेला ।