संसदमा नयाँ ६८ सांसद

राजनीतिमा पुस्तान्तरण नभएको आरोप लागिरहँदा केन्द्रीय संसद्मा प्रतिनिधित्व गर्ने झन्डै आधा सांसद नयाँ चुनिएका छन् । प्रत्यक्ष निर्वाचनबाट चुनिने १६५ मध्ये ६८ सांसद नयाँ चुनिएका हुन् । समानुपातिकतर्फ पनि योपटक काँग्रेस एमालेले पुरानालाई लगभग नदोहो-याई सूची बुझाएकाले संसद्मा नयाँ सांसदको बाहुल्य हुने करिब निश्चित छ ।

तर, समानुपातिकको सङ्ख्या भने यकिन भइसकेको छैन ।  संसद्मा ‘डेब्यु’ गर्न लागेका केही अनुहार भने यसअघि निर्वाचनमा पराजित भएकासमेत छन् । निर्वाचित केही जनप्रतिनिधि भने पहिलो प्रयासमै केन्द्रीय संसद्को स्थान पक्का गर्नेहरू छन् । ताप्लेजुङबाट निर्वाचित एमाले सचिवसमेत रहेका योगेश भट्टराई पहिलोपटक केन्द्रीय संसद् प्रवेश गर्दै छन् ।

मन्त्री भइसकेका एमालेको भ्रातृ सङ्गठन युथ फोर्सका पूर्वअध्यक्ष महेश बस्नेत पनि पहिलोपटक संसद्मा ‘डेब्यु’ गर्दै छन् । प्रहरी सङ्गठनबाट फेरिएको दैनिकी लिएर पूर्वडीआईजी नवराज सिलवाल पनि केन्द्रीय संसद् सदस्य बनेका छन् , गोरखापत्रमा यसबारे विस्तृत खबर छापिएको छ ।