राष्ट्रियसभा निर्वाचन कहिले ?

काठमाण्डौ । प्रतिनिधिसभा प्रदेशसभा र स्थानीय संविधानबमोजिम अब राष्ट्रियसभाको निर्वाचन गर्न बाँकी छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलगत्तै राष्ट्रियसभाको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी कानुन् अझै बनेको छैन ।

संविधानमा राष्ट्रियसभा र प्रतिनिधिसभा गरी दुईवटा संसद्को व्यवस्था छ । दुईसंसद्लाई संघीय संसद् भनिएको छ । प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आव्हान गर्नुपर्ने संविधानको धारा ९३ मा उल्लेख छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।