मतगणना हुँदै गर्दा साना व्यवसायीलाई भ्याइनभ्याइ

सप्तरीको चारवटै निर्वाचन क्षेत्रको मतगणना जलेश्वरमा भइरहेको छ ।ताजा नतिजा सुन्न आउनेको भीडले मतगणनास्थल अगाडि रहेका होटलको व्यापार बढेको छ ।

त्यही भएर ४० बर्षीय भरत साहलाई चिया, खाजा र खाना बिक्री गर्न भ्याइनभ्याइ छ ।उनको सपरिवार तीन दिनदेखि दिनमा २० घन्टासम्म होटलमा खटिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । बिहीबार रााति सबै मतपेटिका आएदेखि भरतको पसलमा ग्राहकको स.ख्या तीन गुणा बढेको छ ।