रोल्पा रुन्टीगढीबासी बिद्यार्थीको रहरलाग्दो जिवनशैली

रेखा मगर

रोल्पा होलेरी,रोल्पाको दक्षिणी भुभाग जहाँ एउटा यस्तो गाउँ छ । प्राकृतिक हिसाले पनि लाेभ लाग्दाे वरीपरी,तलमाथि घरहरु सर्लक्कै मिलेर बनेको वस्ती,मनोरम डाँडाको सिंगो भागलाई भिन्नभिन्नै घरहरुले ओगेटेकाे र मानिसहरु पौरख गरेर बाँचिरहेका  माथि डाँडादेखि तल पुछारसम्म टक्क मिलेको गाउँ अनी त्यहि गाउँको बिचैमा सुन्दर विद्यालय ।

रुन्टीगढी ७ गैरा रोल्पाका स्थानीयहरु आफ्नै सुरमा जीवन जिइरहेका छन । कोही घाँसदाउरा, कोही खेतिपाती त कोही ज्ञानको खेति गर्न भन्दै विद्यालय । साना नानीवावुहरु झोलाभित्र किताव कापी वोकेर सधैं स्कुल जान्छन । अनि एउटा चाखलाग्दो कुरा के भने पशुपति प्राविका विद्यार्थीहरु स्कुल आउँदा झोलाभित्र सधैं खाजा बोक्छन । कक्षाकोठामा प्रवेश गरेपछि झोलाको खाजा सुरक्षित राख्छन र पढ्न थाल्छन । दिउँसो १ बजेको समयमा जब विद्यालयमा टिङटिङ घण्टीको आवाज बच्दछ र मद्यान्तर भएको सूचना मिल्छ । सबैजना आफ्ना झोला खोल्छन र प्राङगणको पारिलो घाममा बसेर खाजा खान थाल्छन । यो दृश्य हेरिरहदा लाग्छ, वालवालिकाहरु जङक फुडदेखि टाढा छन । अर्थात घरमै बनाईएका खाजा खाई स्वस्थ बन्दैछन ।

यसरी पारिवारिक संस्कारमा रही खाजा खाइरहेका देखिने वालवालिकाका अभिभावकहरु शहरिया खाजाले असर गर्छ है ! भन्ने कुरामा आफु पनि सचेत छन र आफ्ना सन्तानलाई पनि सचेत गराउँदैछन भन्ने स्पष्ट हुन्छ । आजकाल बजारमा मात्र होईन गाउँगाउँमा चाउचाउ विस्कुटले मार्केट लिएको छ । तोतेबोली बोल्ने बच्चादेखि लिएर केटाकेटीहरु समेत चाउचाउ, विस्कुट विना आफुलाई फिक्का महसुस गर्दछन । तर पशुपतिका विद्यार्थीहरुमा यस्तो समस्या देखिदैन, उनिहरू अर्गानिक खाजाहरूमा बिश्वस्त देखिन्छन ।

कक्षा ५ कि छात्रा टीका खड्का भन्छिन – मेरी आमाले सधैं स्कुल आउने बेलामा कि त खाजा कि त रोटी साथमा पठाउनुहुन्छ, म पनि खुशी हुँदै स्कुल आउँछु र दिउँसो मद्यान्तरमा नास्ताको रुपमा खान्छु । ” विद्यालयले भविष्यमा उनीहरुको स्वास्थ्यमा कुनै न कुनै समस्या आउन सक्ने भन्दै घरमै बनाईएका रोटी, मकै भटमासका खाजा, र दाल भात खान प्रेरित गरिरहेको छ ।

̔जंक फुडको प्रयोगले एक त बच्चा स्वस्थ हुनमा समस्या हुन्छ, अर्को कुरा उनीहरुको पढाईप्रति भन्दा चाउचाउ विस्कुटप्रतिको मोह बढ्ने र अभिभावकलाई आर्थिक भार समेत पर्ने भन्दै घरबाटै खाजा वनाएर पठाउने बानीको विकास भएको छ । ̓ विद्यालयका प्र.अ. महेन्द्र रोकाले बताउनुभयो ।