शेखर कोइरालालाई माथ खुलाउँदै लालबाबु पण्डित बिजयी

मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ बाट एमाले उम्मेदवार लालबाबु पण्डित विजयी भएका छन् । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालालाई कडा प्रतिस्पर्धामा माथ खुलाउँदै ६७५ मतले पण्डित विजयी भएका हुन् ।

विजयी भएका पण्डितले ३३ हजार ९ सय ४१ मत ल्याए भने कोइरालाले ३३ हजार २ सय ६६ मत प्राप्त गरे ।