मतपेटिका र कर्मचारी नेकपाकाे कब्जामा,सुरक्षाकर्मी समेत कोठभित्रै थुनिए

सुर्खेतको बराहक्षेत्र गाउँपालिका- ३ भेरीचङ्गा मावि मतदान केन्द्रका सबै मतपेटिका र निर्वाचन सामाग्री नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले कब्जामा लिएका छन् ।

मतदान केन्द्रबाटै निर्वाचन सामाग्रीसँगै कर्मचारीलाई पनि नियन्त्रणमा लगेर अाफूसँगै अज्ञात स्थलतिर लगेर गएको बताइएको छ । मतदान केन्द्रको सुरक्षाकर्मीलाई बाहिरबाट ताला लगाएर सबै नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

उनीहरुले सेन्ट्रीमा बसेका एक सुरक्षाकर्मीलाई नियन्त्रण लिएर बाहिरबाट ताला लगाएका थिए । मतपेटिका, मतपत्र, चिन्ह लगाउने मसीलगायत बाँकी सबै चुनावी सामग्री र कर्मचारी नेकपाले कब्जा गरेको हो ।