निर्वाचन अवधिभर नेपालगन्ज भन्सारमा यसरी हुदैछ चेकजाँच

नेपाल-भारत सीमाका प्राय सबै नाका निर्वाचन अबधिभर ७२ घण्टासम्मको लागि सिल गरिएको छ ।  मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै मंगलबार विहानदेखि नेपाल-भारत सीमासँग सीमा नाका सिल गरिएको हाे ।

त्यस्तै नेपालगन्ज भन्सार कार्यालयका सुरक्षा प्रमुख सन्ताेष साहले नेपालगन्ज भन्सारमा पनि बिषेश ढंगले सुरक्षा चेकजाँच गरेकाे  जानकारी दिएका छन ।

साहले नेपालगन्ज भन्सारमा  बिषेश चेकजाँच र सुरक्षा ब्यवस्थालार्इ कडा गरिएकाे समेत बताएका हुन  । उनले अपराधिक क्रियाकलाप राेकथाम गर्नका लागि सिमानाकामा बिशेष सुरक्षा टाेली परिचालन गरिएकाे समेत बताए ।

उनले सर्वधारणलार्इ  असर नपर्ने गरी जनजिविका प्रभावित नहुनेगरी सुरक्षा ब्यवस्था मिलाएकाे  बताएका छन । सोमबार राति १२ बजेदेखि बन्द गरिएका सबै नाका मंसिर २१ गते राति १२ बजेपछि मात्रै खुल्नेछन् ।