नेपाल सरकारको बोर्ड हटाएर जनसरकारको कार्यालय !

किन जनप्रतिनिधहरुले छोडे गाउँ ?

जिल्लाका दुई स्थानीय तहका कार्यालय हटाएर नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले ‘जनसरकार’ लेखिएका बोर्ड र झण्डा गाडेका छन् ।
तल्लो डोल्पाको जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकाको कार्यालयमा स्थानीय सरकारका साईन बोर्ड हटाएर गाउँपालिका स्तरिय जनसत्ताको कार्यालय लेखिएको बोर्ड र पार्टीको झण्डा गाँडिएको हो ।

नेपाल सरकार बोर्डहरु फाल्नुको साथै कार्यालय नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिएको स्थानीयले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक हरीप्रसाद शर्माले गाउँपालिका बोर्ड भने तोडफोड गरिएका र कुच्चाएर फालिएको तर अन्य कुनै बोर्ड र झण्डा नभएको बताए ।

मंसिर १० मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अति संबेदनशील क्षेत्रमा राखिएको दुई गाउँपालिकामा निर्वाचनका बेलामा भने कुनै पनि अप्रिय घटान भने घटेन ।

निर्वाचन सकिएको केहि दिनदेखि मु्ड्केचुला र जगदुल्ला गाउँपालिकामा नेकपा कार्यकर्ताहरुले गतिविधि बढाएका छन् । कारवाहीको चेतावनीसँगै जनप्रतिनिधि गाउँ छोड्न बाध्य भएको बताइएको छ ।