पत्रकार गिरफ्तारीविरुद्ध सर्वोच्चमा रिट

हेर्नुस पूर्ण पाठसहित

पत्रकारलाई विना कारण गिरफ्तार गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।गैरकानुनी रुपमा प्रहरीले गिरफ्तार गरेका पत्रकारको रिहाईको माग गर्दै पत्रकार जन्मदेव जैसीले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जैसीले रिटमा गिरफ्तार पत्रकारहरुको तत्काल रिहाईको माग गरेका छन् । क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सचिवालय सदस्य समेत रहेका जैसीले सोमबार दायर गरेको रिटमा जलजला मासिकका सम्पादक खेम थपलिया, निहीगु ज्वज्वलोप्पा नेवारी पत्रिकाका सम्पादक जितेन्द्र महर्जन र मध्याह्न दैनिकका संवाददाता दिपेशी शाहीलाई तत्काल रिहाईको माग गरेका छन् ।

बाँकी पाँच जना पत्रकारको रिहाईको माग गर्दै मंगलबार रिट दायर हुँदैछ । मंगलबार विहान १० बजे नै सर्वोच्च अदालत परिसरभित्र पुगेका पत्रकार जैसीका अनुसार फरकफरक जिल्लाका पत्रकार गिरफ्तार गरेका कारण अलगअलग फाइल तयार गर्दागर्दै सोमबार ढिला भएको र बाँकी पाँच जनाको रिहाईका मागसहित रिट दायरको तयारी भइरहेको छ ।

सोमबार दायर भएको रिटमा आजै सर्वोच्चमा सुनुवाई हुँदैछ । प्रहरीले विना कारण काठमाडौं, कालिकोट,प्युठान,रुपन्देहीबाट ८ जना पत्रकारहरुलाई गिरफ्तार गरी हिरासतमा राखेको छ ।

यस्ताे छ पुर्णपाठ