भारतीय सीमासंग जोडिएका मतदान केन्द्रहरु अति संवेदनशील

 भारतीय सीमासंग जोडिएका मतदान केन्द्रहरु सुरक्षाका दृष्टिकोणले अति संवेदनशील रहेको पाईएको छ । मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्नका लागि धनुषा स्थित जिल्लासुरक्षा समितिले सुरक्षा सर्तकता बढाएको छ ।

मंसिर २१ ग्ते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि भारतीय सीमासंग जोडिएका गाउंपालिका तथा नगर पालिकाहरुको मतदान केन्द्रहरु अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति धनुषाले जनाएको छ । निर्वाचनका लागि धनुषाको २ सय २२ मतदान स्थल अति संवेदनशील रहेका छन् । सुरक्षाका दृष्टिकोणले जिल्लाका कुल ५ सय ४८ मदतान स्थलत मध्ये २ सय २२ अति संवेदनशील र १ सय ४ संवेदनशील रहेको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंह बताउनु हुन्छ ।

दुई नम्बर प्रदेशको प्रस्तावित प्रादेशिक राजधानी जनकपुरको केहि मतदान केन्द्र मात्र सामान्य रहेको जिल्ला सुरक्षा समितिको निष्कर्ष छ । खुल्ला सीमाका कारण भारतीय सीमा संग जोडिएका नगराईन, मुखियापट्टिी मुुसरनियाँ, कमला तथा सहिदनगरपालिका, विदेह, धनुषाधाम, गणे्शमान चारनाथ, मिथिला, क्षिरेश्वरनाथ लगायतका नगरपालिका सहित १८ गाउंपालिका, नगरपालिकाको मदतान स्थल अति संवेदनशीलमा राखिएको जिल्ला निर्वाचन सुरक्षा व्यवस्थापन समिति धुनुषाले जनाएको छ । यद्यपी, विगतको चुनावमा बुथ नै नियन्त्रणमा लिने परिपाटी समेत यो निर्वाचनबाट अन्त्य हुने धनुषाका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीको भनाई छ ।

मतदाताहरुको सहजताका लागि धनुषाको ५ सय ४८ मतदान केन्द्र मतदान अधिकृत सहित ४ हजार ३ सय ८४ कर्मचारी खटाईएको छ । ४ प्रतिनिधि सभा र ८ प्रदेश सभाका लागि निर्वाचन क्षेत्र तोकिएको धनुषामा ४ लाख ४ हजार ६ सय ७४ मतदाता रहेका छन् ।