कुशे गाउँपालिकामा स्थानियद्वारा गाउँपालिकाको सामान कब्जा

जाजरकोट । गाउँपालिकाको केन्द्र सार्ने निर्णयप्रति असहमति जनाउँदै जाजरकोटको कुशे गाउँपालिकाका स्थानियले कार्यालयको सामान कव्जा गरेका छन् । कुशे गाउँपालिकाका चार वटा वडाका स्थानियले बिहीबार मध्यराति कार्यालयका सवै सामान कव्जा गरेका हुन् ।

जिल्लाको कुशे गाउँपालिकाको केन्द्र सार्ने निर्णयप्रति असहमति जनाउँदै ५ नम्बर वडाका वासिन्दाले बिहीबार मध्यरातमा गाउँपालिकाका सामान कब्जामा लिएका छन्। राति ११ बजेतिर वडा नम्बर ६ स्थित बाटुलेमा रहेको गाउँपालिका कार्यालयमा पुगेका ३०/३५ जना स्थानीयको समूहले सामान नियन्त्रणमा लिएका हुन्।

उनीहरुले कार्यालयमा रहेको कुर्ची, टेबुल, दराज, कम्प्युटर, प्रिन्टरलगायतका सामान लिएर गएका गाउँपालिकाका कार्यकारी अधिकृत थानेश्वर भण्डारीले जानकारी दिए। कात्तिक ३० गते बसेको गाउँसभाको बैठकले गाउँपालिकाको केन्द्र वडा नम्बर ६ को भार्म थर्पु सार्ने निर्णय गरेको थियो।

यस निर्णयप्रति वडा नम्बर ५ का वासिन्दाले बिरोध जनाएका थिए। उनीहरुले ढिमेको मालुमेलामा केन्द्र राख्नुपर्ने माग गरेका थिए। गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले सामान कब्जा गर्ने स्थानीय वासिन्दासँग पहिलो चरणमा सामान फिर्ता गर्ने विषयमा छलफल गर्ने बताए। गाउँपालिका केन्द्र राख्ने बिषयमा लामाेसमय देखि बिवाद हुदै अाएकाे थियाे । गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जनताकाे भावना बिपरीत मनाेमानी तरिकाले मानविय बस्ती नै नभएकाे ठाँउमा केन्द्र राख्न खाेजेका थिए ।