परदेशमा जोडिएको साइनो

मानुषी रेग्मी

नेपाल प्रहरीमा छनोट हुनको लागी म प्युठान बाट नेपालगंज गए | मेरो दाजु नेपाल प्रहरीमा कर्यरत हुनुहुन्थ्यो । भाउजु र छोरी पनि दाजुको साथमै थिए । भाउजु उतै हुनु भएको र दाजुले पनि बोलाउनु भएकाले म नेपालगंज गएको थिए । त्यो दिन हल्का पानी परीरहेको थियो,तै पनि म नापिन छनौट केन्द्रमा गए, दुर्भाग्य म फालिए मेरो कदले नै मलाई असफल बनाईदियो । म निरास भएर कोठामा फर्किए।

लेखक

सफल हुन सकिन भाउजु अब के घर जानु र बरू यतै बाट ईन्डिया जान्छु । हजुरलाई जे गर्दा ठिक लाग्छ, त्यही गर्नुस बाबु भाउजुले भन्नुभो ।  दाजुसँग सल्लाह गरी केही दिनको बसाई पछी म इन्डिया हाँनिए ।  हामी मध्यम वर्गिय परिवारका मेरो बुबा र ठुल्दाजु पनि भारतको हरियाणामा काम गर्नुहुन्थ्यो ।

राजनैतिक अस्थिरताले हामी नेपालीहरूलाइ नेपालमा रोजगारीको आशा नै थियन । देश गृहयुद्दको रापमा थियो । नेपाल आमा रोईरहेकी थिईन ।  एकातिर तत्कालिन विद्रोही उपमा पाएका माओवादी र अर्को तिर नेपाली सेनाविच ठॉउ ठॉउमा घमासान युद्द जारी थियो । नेपाल आमाको दुवै थरी सन्तान एक आपसमा खुनका प्यासी भैरहेका थिए । कयौ विर योध्दाहरूले आफ्नो ज्यानको आहुती दिईरहेका थिए । सहादत प्राप्त गरेका ति विरहरू देशैकै मुहार फेर्न आफ्नो ज्यानलाई खुकुरीको धारमा राखेर हिडेका थिए ।  ति विर नेपाल आमाका सन्ततीहरूको लडाईमा कती अवला नारीहरू पिल्सियका थिए । कतिको सिउदो पुछियो । धेरै आमाहरुको कोख उजाडियो । कति नावालक टुहुरा भईरहेका थिए|

यस्तो अवस्थामा मलाई नेपालमा बस्न मन लागेन । मुटु भरी आफन्तको माया बोकेर मैले धनगढीलाई छोडेर हरियाणा जाने निर्णय गरे । आखिर म पनि श्रमसँग पैसा साट्न अर्काको देशमा आए । विवश लाचार भएर म मुग्लान पसे । 

म बुबा भएको ठॉउमा पुगे । उँहाले आफुले काम गर्ने फ्याक्ट्रिमा मलाइ काम लगाइ दिनुभयो । बिहान उठ डिउटी जाउ, वेलुकी आउ वाहः जिन्दगी पराईको दास बनाईस जिन्दगीसंग गुनासो गरिरहन्थे । जसोतसो जिन्दगीको गुजाराको गाडी चलेकै थियो । छुट्टीको बेला सबै नेपाली एकै ठॉउमा भेला हुन्थ्यौ रमाईलो गर्थेउ । केही मात्रामा भएपनि घरपरिवारबाट दुर भएको पिडा भुलेर रमाउथ्यौ । 

पिडा त त्यतीबेला हुन्छ जब छोरा मामुलाई सम्झेर रून्छ । ड्याडी किन मामुले हामीलाई छोडेर जानुभो ? मसँग बाबुलाई दिने कुनै जवाफ हुदैन तर पनि सम्झाउछु ।” तिम्री आमाका असिम चाहना पुरा गर्न सकिन बाबू त्यसैले छोडेर गईन ।” छाडेर जानु थियो भने किन आयौ मेरो जिन्दगीमा असिम प्यार बनेर ? तिम्रो अभाब खट्किरहेछ चन्दा तर तिमी त आफ्नै दुनियामा लिन छौ । मेरो समिरको मॉया कुल्चिएर अर्को समिरलाई जन्मदिईसकेछौ । टाढै बाट भए पनि वधाई छ ल चन्दा तिम्रो बैवाहिक जिबन सफल रहोस यो दुखीको यही छ चाहना । मलाई र मेरो मुटुको टुक्रा समिर लाई जसरी रूवाएर गयौ आशा छ अब त्यो गल्ती तिमीले दोहोर्याउने छैनौ……यहि भन्नु मन छ एक पटक भेटेर ….

सधै झै त्यो दिन हामी गॉउकै काका काकीकोमा  सबै जम्मा भएका थियौ । त्यो दिन अझै ताजै छ । मेरो मानसपटलमा कलकलाउदो वैशकी एउटी केटी मै मेरो नजर ठोकीयो । उस्लाई यो भन्दा पहिले कतै देखेको थिइन | सुन्तलाको केस्रा जस्ता ओठ उनको,मन्दमन्द मुस्कुराउने स्वाभाव, मृग नयनि नजर उनको लोभलाग्दो ज्यान थियो । मत एकोहोरो हेरेको हेरै लठ्ठै परेछु त्यो रूपमा …। काकाकी छोरी बहिनी आएर झकझकाइन के भयो दादा ? मैले के ही भएको छैन भने अनि बहिनीलाई सोधे को हुन उनी ? बहिनीले भनिन मेरो मामाकी छोरी ..

अनि बहिनीले मेरो हात तान्दै उनि भएको ठॉउमा लगिन । मैले हाई म सुमित भनेर आफ्नो परिचय दिए ।  उनले पनी आफ्नो नाम चन्दा भएको बताइन । मधुर स्वरमा कति मिठो स्वर त्यो कोहिलीको झै सुनिरहु लाग्ने । “आहा कति राम्रो नाम मान्छे जस्तै” मैले ठट्याउली पारामा भने । अः होला उनि लजाईन ।  केही छिनको बसाई पछी हामी कोठा फर्कियौ  मेरो आखामा चन्दा को त्यो फक्रिदै गरेको जवानी झलझली नाच्न थालेको थियो । घरीघरी कानमा ठोकीने त्यो मधुर बोली ….मेरो मन मस्तिष्कमा चन्दा बसिसकेकी थिइन ।

केही न केही बाहनामा म काकाकोमा जान थाले । चन्दालाई भेट्न समय मिलाएर हामी घुम्न जान्थ्यौ,मॉया प्रित साटथ्यौ । लक्का जवान  मलाई बिहेको रहर जाग्यो । बढदो जवानीसँगै एक्लै बस्न मन लागेन । बुबा र दाजुलाई भनेर चन्दाको हात माग्न पठाए । चन्दाको सपरिवार उतै बस्नुहुन्थ्यो । सबै राजी भए पछी हाम्रो बिहेकाे मिति तय भयो । राम्रो लगन जुराएर मैले चन्दालाई दुलही बनाई भित्राए । पराई देशमा केही महिनाको बसाई पछी हामी स्वदेश फर्कियौ । मेरो काधमा झन बढी जिम्मेवारी थपियो । केही महिना पछी हाम्रो सन्तान यो दुनियामा आउदै थियो।

दिनमास गर्दै चन्दाको गर्भमा हाम्रो मायाको निसानी बढदै थियो । म बाबा चन्दा आमा बन्दै थिइन । हाम्रो प्रतीक्षाको घडी समाप्त भयो । अन्तत चन्दा र मेरो प्रेमको प्रतिक हाम्रो छोरो जन्मियो ।  हाम्रो खुसीको कुनै सिमा नै थिएन । दिन प्रती दिन हाम्रो छोरो हुर्कदै गयो । घरमा बसेर केही काम थिएन । छोराको उज्वल भविष्यको लागी मैले विदेशिने निर्णय गरे । घर सल्लाह गरें पहिले त चन्दाले मानिनन् । मैले छोराको लागी केही गर्नु हाम्रो क्रतव्य हो , चन्दा जिद्दि नगर भने पछी उनि राजी भईन । पारिवारिक सल्लाह पछी म प्युठानबाट पासपोर्ट बनाउन र भिजा अप्लाई गर्न काठमाण्डौ आए । पासपोर्ट बनाइवरी म प्युठान फर्किए । सबै प्रकृया पुरा भए पछी मेरो भिसा आयो । आफ्नो ठॉउ र प्यारी चन्दा मुटुको टुक्रा मेरो छोरा समिर, मेरा जन्मदाता आमा बुबा लगाएत सबैलाई छोडेर म वादलसँगै लुकामारी खेल्दै सात समुन्द पारी लागे ।

उनले बिस्तारै बाटो बिर्सदै गईछन । कहिले कॉही आमा बुबाले भन्नु हुन्थ्यो सुमित बुहारी को चाला ठिक छैन है घर फर्की बाबू तर मैले कसैको कुरा सुनिन । आँखा चिम्लेर मेरी चन्दालाई विश्वस गरे तर आखिरीमा चन्दाले बिश्वातघात गरीन । नावालक सन्तानलाई बिचल्लीमा पारेर अर्कै दुनिया सजाउन पुगिन | कति कठोर मन रहेछ उनको छोराको मुख हेरेर बस्न सकिनन | कस्तो वैशको उन्मात चढेछ सम्हालिनै नसक्ने गरी । सॉच्ची नै छानि छानि काटीन्छ सोझो रूख … हो आज म पनि त्यही रुख झै भको छु । कसरी बिर्सन सकिन चन्दाले हामीले बिताएका ति सुन्दर पलहरू ? कसरी भुलिन बाचुन्जेल दुखमा पनी साथ दिने बाचाहरु …।

कसरी तोड्न सकिनहोला अग्नी साक्षी राखेर जोडेको पबित्र सम्बन्ध ? संसारको सबथोक तिमि मेरो ,…जिबन कै खास तिमि मेरो ,तिमी नभए जिन्दगी अधुरो छ भन्थिन ।  के कमी थियो म बाट मैले बुझ्नै सकिन ।  कँहा नेर गल्ती गरे मैले चन्दा भनेर सोध्नु छ एकपटक । ६ महिना पर्खन सकिनन | कस्तो मात हो जवानी को ? बच्चाको लागी आमाले जे पनि गर्न पछी पर्दैनन् भनिन्छ तिमी कस्ती आमा हौ चन्दा ? आफ्नो मुटुको टुक्रालाई चट्टकै छोडेर जाने कहा गयो उनको ममता ? मेरो रगत पसिनाको कमाई सबै पानी जस्तै बगाइन मलाई केही गुनासो छैन । धन त मैले फेरी पनि कमाउन सक्छु तर छोरालाई एउटी आमाको महसुस कसरी पुरा गरू ? सबैले भन्छन बिहे गर भनेर म कसरी अरूको बनु ? तिमीले छोडेको तिन बर्ष बिती सक्यो ..। जहा छोड्यौ तेही छु । यि तिन बर्षमा तिमीलाई याद नगरेको कुनै पल छैन चन्दा । कुनै तेस्तो रात छैन ऑसुले सिरानी नभिजेको । उनले राज गरेको यो दिलमा म कसरी अर्कैलाई रानी बनाउ ? साच्चै पहिलो प्रेम भुल्न नसकिदोरहेछ । हर पल झकझकाई रहन्छ उनले दिएका अनगिन्ती चोटहरुले …

पिडा त त्यतीबेला हुन्छ जब छोरा मामुलाई सम्झेर रून्छ । ड्याडी किन मामुले हामीलाई छोडेर जानुभो ? मसँग बाबुलाई दिने कुनै जवाफ हुदैन तर पनि सम्झाउछु ।” तिम्री आमाका असिम चाहना पुरा गर्न सकिन बाबू त्यसैले छोडेर गईन ।” छाडेर जानु थियो भने किन आयौ मेरो जिन्दगीमा असिम प्यार बनेर ? तिम्रो अभाब खट्किरहेछ चन्दा तर तिमी त आफ्नै दुनियामा लिन छौ । मेरो समिरको मॉया कुल्चिएर अर्को समिरलाई जन्मदिईसकेछौ । टाढै बाट भए पनि वधाई छ ल चन्दा तिम्रो बैवाहिक जिबन सफल रहोस यो दुखीको यही छ चाहना । मलाई र मेरो मुटुको टुक्रा समिर लाई जसरी रूवाएर गयौ आशा छ अब त्यो गल्ती तिमीले दोहोर्याउने छैनौ……यहि भन्नु मन छ एक पटक भेटेर ….

आफ्नै कथामा सुमित गलाभरी आसु झार्दै प्रतिसोध ओकल्थे अनि बेला बेला चन्दाकै भलो होस् भन्थे । दुनियामा यस्ता प्रेमीहरु पनि छन् जसले आफुलाई त्यागीदिदा पनि उसकै भलो चिताईरहन्छन । मैले अर्डर गरेर मगाएको चिया पनी चिसो भैसकेको थियो । सपना भत्किन सक्छन मन अतालिन सक्छ , ..बचन फेरिन सक्छ बिस्वास ढल्न सक्छ तर आशा राखिराख्नु भाइ जिन्दगी मुस्कुराउन सक्छ । मैले सुमितलाइ सान्तवना दिए । ६ बजिसकेको थियो सहकारी अफिसको बैठक रुम बन्द गरेर हामी बाहिरियौ ।