एमाले उपाध्यक्ष भिम रावलको उम्मेदवारीविरुद्ध उजुरी
नेकपा एमालेका उपाध्यक्ष भीम रावलको उम्मेदवारी रद्द गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि एमाले र माओवादी केन्द्रका साँझा उम्मेदवार रावलले निर्वाचन आचारसंहित विपरित काम गरेको भन्दै उजुरी परेको हो ।
नेपाली काँग्रेसबाट सोही क्षेत्रका प्रतिनिधि सभा सदस्य उम्मेदवार भरतकुमार स्वारले उजुरी दिएका हुन् । रावलले “निर्वाचन आयोगको अनुमति विना नै मंसिर ७,८ र ९ गते अछामका ढकारी, तुर्माखाँद, साँफेबगर, पातलकोटलगायतका चुनावी सभामा होलिकोप्टर प्रयोग गरी निर्वाचन आचार आचारसंहिता अलंघन गरेकोले उहाँ (रावल) को उम्मेदवारी रद्द गरिदिन हुन यो उजुरी पेश गरिएको छ” स्वारले दिएको उजुरीमा भनिएको छ ।
यसैबीच निर्बाचन आयोगले माओवादी केन्द्रका सर्लाही–४ का उम्मेदवार शिवपुजन रायको उम्मेदवारी खारेज गरेको छ ।
चुनावको मुखैमा माओवादी केन्द्र प्रवेश गरी सर्लाही ४ बाट उम्मेदवार बनेका यादवउपर कुटनीतिक राहदानी दुरुपयोगमा अदालतले दोषी ठहर गरेको उजुरी थियो ।
लामो समयसम्म उजुरीमा मौनत साधेको निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको १० दिनअघि उम्मेदवारी खारेज गरेको हो ।
आयोग स्रोतका अनुसार निर्णयबारे जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र सम्वन्धित उम्मेदवारलाई जानकारी दिने प्रक्रिया भने सुरु भइसकेको छ ।
रायको उम्मेदवारी प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा १३ घ अनुसार यादवको उम्मेदवारी रिद्द गरिएको हो ।
तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट सभासद् हुँदा यादवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी दुरुपयोगको मुद्दा चलाएको थियो ।
आरोप लागेका पाँचमध्ये तीन जनालाई विशेषले दोषी ठहर गरेको थियो । गायत्री साह, विश्वनाथ यादवसँगै शिवपुजन पनि दोषी ठहरिएका थिए ।एमाले-माओवादी केन्द्रका साँझा उम्मेदवार समेत रहेका यादवको उम्मेदवारी रद्दले गठबन्धनलाई धक्का पुग्ने बताइएको छ ।
यस्ताे छ उजुरी