जाजरकोटको कुशेगाउपालिका ८ मा झडप २५ भोट मात्रै खस्यो

मतदाता लागे वन,जंगलतिर

जिल्लाको कुशे गाउँपालिकामा नेकपा एमाले, माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच दोहोरो झडप भएको छ । जाजरकोटको कुशे गाउँपालिका–८, अविलरिजा मतदान केन्द्र नजिकै गएराति दोहोरो झडप हुँदा दर्जन घाईते भएका छन् । झडपमा रमेश रोकाय, प्रेम रोकाय, खिम भण्डारी, मदन भणडारीलगायत दर्जन घाईते भएका छन् ।

घाईतेमध्ये एमालेका कार्यकर्ता प्रेमको अवस्था गम्भीर रहेको छ । झडपमा परी रमेशको हात र खिमको खुट भाँचिएको छ । झडपमा परेका मदन लगायत ४–५ जना वेपत्ता रहेको वडा अध्यक्ष अमर रोका मगरले जानकारी दिएका छन् । फेरि झडप हुने डरले मतदाता मतदान गर्न आएका छैनन् । यो समाचार तयार पार्दासम्म २५ जनाले मात्र मतदान गरेका थिए । मतदाताहरु अन्य दिनजस्तै मेलापात गएका छन् ।
घटनास्थलमा थप सुरक्षा फौज मागेपनि अहिलेसम्म पुग्न नसकेको बताइएको छ ।

घटनास्थल विकट भएकोले सुरक्षाकर्मी पुग्न समय लागेको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए । त्यस्तै कुशे गाउँपालिका–१ स्थित तपोधेनु आधारभुत विद्यालय मतदान केन्द्र काफलपाटामा मतदान केन्द्रमा पनि २० मतै खसेको छ । यसअघि वडाअध्यक्ष गोपालबहादुर नेपालीलाई अज्ञात समूहले अपहरण गरेको थियो ।