न्याय पाएन नेपालको कानुन हरायो

जब महल पसे आकाशको जुन हरायो
न्याय पाएन नेपालको कानुन हरायो ।

उता छोरोको लास रातो बाकसमा हुँदा
आमा बाले सोचे सय तोला सुन हरायो ।

हिजोबाट मनमा भुइचालो गैराखेको छ
पत्ता लगाउछु मनमा बसेको कुन हरायो ।

कुनै एउटा कालो मान्छे रोडमा सुतेको छ
थाहा छैन पानी हरायो यात साबुन हरायो ।।

 
आठबिस नगरपालीका,सात्तला दैलेख हाल काठमाडाैँ