बाँके प्रहरीद्वारा ठूलो परिमाणमा तस्करीका सामान बरामद

बाँके प्रहरीले नेपालगञ्ज धम्बोझीस्थित चार घरमा छापा मारेर ठूलो परिमाणको कपडा र सुर्तीजन्य सामग्री बरामद गरेको छ । धेरैअघिदेखि त्यहाँ भन्सार छलेर ल्याइएका सामान भण्डारण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेर सुटिङ सटिङका ब्राण्डेड कपडा, स्वीटर, ट्राउजर, हाइनेक, सेण्डो, मन्जन र सुर्तीजन्य पदार्थ गरी करिब ७ लाख बजार मूल्यका सामान बरामद गरेको छ ।

 नेपालगंज उप-महानगरपालिका वडा नम्बर १ शिव मन्दीर नजिकमा रहेको गोमती गोडीया, सवरा कादु, मिना कादु र नकछेद गोडियाको घर कोठामा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याई कोठामा लुकाई छिपाई गोदाम गरी राखेको अं. मुल्य रु. ७,००,०००।–(सात लाख) बराबरको काचो कपडा, रेडिमेट कपडा लगायत बिभिन्न सामानहरु बरामद गरेकाे हाे । 

जिल्ला प्रहरी कार्यालयका बाँकेका अनुसार  प्रहरी टोलीले बुधबार नक्छेद गोडिया, सवारा काँदु, गोमती गोडिया र मीना काँदुको घरमा छापा मारे पनि उनीहरु फरार रहेको जनाएको छ । भन्सार छलेर तस्करी गरी ल्याइएका तस्कर र घरधनीलाई प्रहरीले खोजी गरिरहेको र बरामद सामान भन्सारलाई बुझाएर मुद्दा दर्ता गर्ने तयारी गरिहेको प्रहरीले जनाएकाे छ । आवश्यक कारबाहीको लागि मध्य तथा सुदुर पश्‍चिम क्षेत्रीय राजश्‍व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाईएको बाँके प्रहरीले जनाएकाे छ  ।