शोकमा डुबेका प्रचण्डलार्इ ओलीले लेखे यस्तो भावुक पत्र….

चिठीको पूर्णपाठ सहित

अाफ्ना एकमात्र छाेरा प्रकाश दाहालकाे निधनले शाेकमा डुबेका नेकपा (माअाेवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’‚लार्इ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा अाेलीले भावुक पत्र लेखेका छन् । अाेलीले चुनावी प्रतिस्पर्धा उच्च गतिमा अगाडि बढिरहेका बेला प्रचण्डमाथि परेेकाे शाेकले समस्या पारेकाे पत्रमा अनुभूति दिएका छन् । गठबन्धनका एक मुख्य नेताकाे हैसियतमा निर्वाचन परिचालनकाे चुनाैतीपूर्ण नेतृत्व लिइरहेका बेला यस्ताे खबरले अाफू भाव विह्वल समेत बनेकाे अाेलीले पत्रमा भनेका छन् ।

प्रकाश दाहाल माअाेवादी केन्द्रका नेता मात्र नभइ अध्यक्ष प्रचण्डकाे सचिवालय सञ्चालनमा ठूलाे भूमिका रहेकाे अाफूलार्इ थाहा भएकाे उल्लेख गर्दै अाेलीले उनकाे मृत्युले अपुरणीय क्षति पुर्याएकाे बताएका छन् । प्रचण्डले एकातिर पुत्र वियाेगकाे पीडा र अर्काेतिर पार्टी अध्यक्षकाे सचिवालयमा हुने रिक्तता दुबै अागामी दिनमा सामना गर्नुपर्ने कष्टपूर्ण चुनाैती रहेकाे अाेलीकाे भनाइ छ ।

अाेलीले लेखेकाे भावपूर्ण पत्रकाे पूरा पाठ यस्ताे छ

प्रिय कमरेड,
हामी दुवै आसन्न प्रतिनिसिभा र प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धामा रहेका वामपक्षीय–लोकतान्त्रिक गठबन्धनका हाम्रा उम्मेदवारको प्रचार कार्यक्रममा प्रदेश नं. १ मा रहेकै वेला तपाईंको सुपुत्र तथा तपाईंको पार्टीका केन्द्रीय सदस्य कमरेड साकार दाहाल ‘प्रकाश’को आकस्मिक एवं असामयिक निधनको खबरले म स्वयं भावविह्वल भएको छुु । एकातिर वामपक्षीय–लोकतान्त्रिक गठबन्धनको एकजना मुख्य नेताको हैसियतमा तपाईंमा निहित निर्वाचन परिचालनको चुनौतीपूर्ण नेतृत्वको जिम्मेवारी र अर्काेतिर पुत्रशोकको अकल्पनीय घटनाले तपाईंमाथि पर्न गएको पीडा म अनुभूति गरिरहेको छु ।

कमरेड प्रकाश, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्र मात्रै नभई अध्यक्ष प्रचण्डको सचिवालयका मुख्य व्यक्तिसमेत भएकाले माओवादी केन्द्रका अध्यक्षको सचिवालय सञ्चालनमा रहेको भूमिका र उहाँको देहावसानले पारेको खाडल अपूरणीय रहेको मैले महशुस गरेको छु ।

द्वन्द्वकालमा समेत तत्कालीन नेकपा (माओवादी) पार्टीको हेडक्वार्टर र त्यसका सुप्रिम कमान्डर अध्यक्ष प्रचण्डको सुरक्षा, सहयोग र सचिवालय सञ्चालनमा रहेको उहाँको भूमिका अविस्मरणीय छ नै । यो चुनौतीपूर्ण घडीमा उहाँको निधनबाट सिर्जना भएको रिक्तता र पुत्र वियोगको पीडा दुवै विशेषगरी तपाईंले सामना गर्नुपर्ने कष्टपूर्ण कार्यको रूपमा मैले लिएको छु ।

यस शोकपूर्ण घडीमा म, नेकपा (एमाले) र आफू स्वयंको तर्फबाट तपाईं र तपाईंको सिंगो शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु । कमरेड प्रकाशको निधनबाट नेकपा–माओवादी केन्द्र)मा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।

केपी शर्मा ओली
अध्यक्ष
नेकपा एमाले