कुशे गाउँपालिका अध्यक्षको यस्तो मनपरी – मानव बस्ति नै नभएको ठाउँमा गाउँपालिका केन्द्र ?

जाजरकोट कुशे गाउँपालिका अध्यक्षले अाफ्नै मनाेमानीमा मानवबस्ती नभएकाे ठाँउमा गाउँपालीका केन्द्र राख्ने निर्णय गरेका छन । उनले अाफुलार्इ पायक पर्ने ठाँउ धारापानी भन्ने ठाँउमा गाँउपालीका राख्ने निर्णय गरेका हुन ।  साेही निर्णयलार्इ लिएर कुशे गाउपालिकामा चर्को बिरोध भएको छ।

कुशे गाउपालिकाको केन्द्र कहाँ राख्ने भन्ने बिषयलाई लियर चर्को बिवाद भएको थियाे । कुशेगाउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले अाफ्नो मनोमानी गाउपालिकाको केन्द्र छनौट गरेको भन्दै स्थानीयले बिरोध गरेका छन । उनिहरूले निर्वाचनका प्रचारप्रसार सामाग्री समेत जलाएका छन । भने यातायात सेवा ठप्प पारेका छन । 

फाेटाे- चक्र थापाकाे वालबाट

स्थानीयले गाउपालिका अध्यक्ष बस्नेतले जनताको भावना र भोटको अपमान गरेको समेत अारोप लगाएका छन । यसअघि कुशे गाउँपालिका कुशे ५ काे बाटुल्यमा रहेपनि उनिले अाम नागरिककाे भावना बिपरित त्यहाँबाट सारेकाे बताइएकाे छ । तर स्थानियले  ५ कै मालुमेलामा राख्नुपर्ने बताएका छन  ।

फाेटाे- चक्र थापाकाे वालबाट

गाउपालिका अध्यक्ष बस्नेतले अाफ्नो पायक पर्ने ठाउँ धारापानी सारेको भन्दै ५,६,७ र ८ वडाका जनताले बिरोध जनाएका छन । उनिहरूले यथासिघ्र मालुमेलामा रख्नुपर्ने भन्दै अान्दोलनको घोषण समेत गरेका छन । अबको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन ।

फाेटाे- चक्र थापाकाे वालबाट