गाउँपालिकाको केन्द्र राख्ने बिषयलाई लिएर कुशे गाउँपालिकामा चर्काे बिवाद

जाजरकोट गाउपालिकाको केन्द्रको बिषयलाई लिएर कुशे गाउपालिकामा चर्को बिरोध भएको छ । कुशे गाउपालिकाको केन्द्र कहाँ  राख्ने भन्ने बिषयलाई लियर चर्को बिवाद भएको हो ।

कुशेगाउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले अाफ्नो मनोमानी गाउपालिकाको केन्द्र छनौट गरेको भन्दै स्थानीयले बिरोध गरेका छन । स्थानीयले गाउपालिका अध्यक्ष बस्नेतले जनताको भावना र भोटको अपमान गरेको समेत अारोप लगाएका छन । यसअघि कुशे गाउँपालिका ५ मा रहेको केन्द्रलाई सोही ठाउँको मालुमेलामा राख्ने बताइएको थियो ।

गाउपालिका अध्यक्ष बस्नेतले अाफ्नो पायक पर्ने ठाउँ धारापानी सारेको भन्दै ५,६,७ र ८ वडाका जनताले बिरोध जनाएका छन । उनिहरूले यथासिघ्र मालुमेलामा रख्नुपर्ने भन्दै अान्दोलनको घोषण समेत गरेका छन ।  अबको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन ।