जाजरकोटमा काम नगर्ने स्वास्थ्यकर्मीहरु कारवाहीमा

स्वास्थ्य संस्थामा नियमित काम नगर्ने जाजरकोटका स्वास्थ्यकर्मीहरु स्पष्टीकरणमा परेका छन् । जिल्लाका विभिन्न ठाउँमा रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु समयमा उपस्थित नहुने, लामो समय विदामा वस्ने लगायतका गुनासा आएपछि छट्के निरीक्षण तथा अनुगमण गरिएको थियो । अनुगमण गर्दा स्वास्थ्य संस्थामा भन्दा व्यक्तिगत काम गर्ने काम चोर कर्मचारीलाई स्पष्टीकरण सोधिएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ ।

काम नगर्ने स्वास्थ्यकर्मीलाई पहिलो चरण स्पष्टीकरण सोधिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सीमा स्वास्थ्य चौकी , अर्छानी स्वास्थ्य चौकी र टालेगाउँ स्वास्थ्य चौकीमा कार्यरत ७ जना स्वास्थ्यकर्मी लाई स्पष्टीकरण सोधिएको हो । १ दिन देखि डेढ महिना सम्म स्वास्थ्य संस्थामा हाजिर गएल देखिएपछि स्पष्टीकरण सोधिएको छ ।

गयल स्वास्थ्यकर्मीको तलव भत्ता रोक्का गरिएको छ । स्वास्थ्य जस्तो महत्वपुर्ण स्थानमा लापरवाही गर्ने जुनसुकै व्यक्तिलाई कारवाही गरिने जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमूख रामवहादुर नेपालीले बताए । काम नगर्ने कर्मचारीलाई सम्वन्धित गाउँपालिका र नगरपालिकालाई निगरानी गर्न पत्राचार समेत गरिएको छ ।