ललितपुरको पाटन औद्योगिक क्षेत्रमा आगो लागी करोडौं क्षती

ललितपुरको पाटन औद्योगिक क्षेत्रमा लागेको आगोका कारण करोडौं रुपैयाँ क्षती भएको छ । मंगलबार बेलुका ६ बजेतिर लागेको आगोले करौडौँको क्षति गरेको हो ।

आगो निभाउन काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका दमकल खटाइएको र सेना, प्रहरी तथा सशस्त्र प्रहरीको दमकल प्रयोग भइरहेको त्यहाँ खटिएका प्रहरी निरीक्षक द्वारिका घिमिरेले जानकारी दिनुभयो ।

आगोले तीनवटा उद्योगमा धेरै क्षति पुगेको छ । औद्योगिक क्षेत्रभित्र रहेको आनन्द प्लाष्टिक उद्योगबाट सुरु भएको आगलागीले नजिकै रहेको पूर्ण काष्ठ उद्योग र पञ्चकन्या युनिकमा समेत क्षति पुगेको हो ।