यस्ता छन घाम ताप्नुको फाइदा,बिहानीपखको घाममा पाइन्छ भिटामिन ‘डी’

कतिपय मानिसहरू सूर्यको प्रकाश मानव स्वास्थ्यको लागि कति महत्वपूर्ण हुन्छ भन्ने बारे अनभिज्ञ देखिन्छन् । बिहानीपखको घाम भिटामिन ‘डी’ को महत्वपूर्ण स्रोत हो भन्ने कुरा थाहा हुँदाहुँदै पनि कतिपय आम-मानिसहरूलार्इ घाम मानव स्वास्थ्यको लागि कति र कसरी अपरिहार्य छ भन्ने बारे थाहा नहुन सक्छ ।

जाडो महिनामा घाम ताप्नुको मज्जा नै बेग्लै छ । घामबाट हामीले प्राप्त गर्ने प्रकाश शक्ति, ताप शक्ति र विद्युतीय शक्ति बाहेक पनि मानव स्वास्थ्यको लागि अन्य धेरै फाइदाहरू छन् । आउनुहोस्, आज हामी तपाइँहरूलार्इ घाम ताप्नुको १३ फाइदाहरूको बारेमा बताउँछौं ।

यस्ता छन घाम ताप्नुको फाइदाहरू:-

१. सौर्यप्रकाश र सग्लो खानेकुराले स्तन क्यान्सरको खतरा घटाउँछ ।

२. सूर्यको प्रकाशले हानिकारक ब्याक्टेरियालार्इ मार्दछ ।

३. छालासँग सम्बन्धित जुनसुकै किसिमको समस्याको उपचारमा लाभदायक हुन्छ ।

४. सौर्यप्रकाशले कोलेस्टेरोल घटार्इ प्रजनन् क्षमता बढाउँछ ।

५. घामको किरणले उच्च रक्तचापलार्इ नियन्त्रण गर्दछ ।

६. सौर्यप्रकाश छालाको भित्रसम्म छिरेर रगत र रक्तवाहन नलीलार्इ सफा गर्ने काम गर्दछ ।

७. सूर्यको किरणले मानव रगतमा अक्सिजनको मात्रा बढाउँछ । स्टामिना, फिटनेस र मांशपेसी विकासमा यसको ठूलो प्रभाव रहन्छ ।

८. रोग-प्रतिरोधात्मक क्षमता बढाउँछ ।

९. घामसँगको नियमित संसर्गले बालबालिकाको शारीरिक एवं उचाइ वृद्धि गराउँछ ।

१०. घाम ताप्नाले तनाव वा डिप्रेशनको उपचारमा सहयोगी साबित हुन्छ । स्मरणशक्तिलार्इ सदाबहार राख्न घामको उत्तिकै महत्व रहन्छ ।

११. मोटोपना नियन्त्रणमा सहयोग गर्दछ ।

१२. हाड तथा दाँत बलियो बनाउँछ ।

१३. दमको समस्यालार्इ घटाउँछ ।