यसकारण हैदराबाद पहिलो भिखारीमुक्त शहर बन्दै…..

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी सुपुत्री इवांका ट्रम्प आउने भएपछि भारतकाे तेलंगाना सरकारले हैदराबादलार्इ देशकै पहिलो भिखारी मुक्त शहर बनाउने घोषणा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इवांका ट्रम्प आगामी नोभेम्बर २८ देखि हुने तीन दिवसीय विश्व उद्यमशीलता सम्मेलन (जिर्इएस) २०१७ मा सहभागी हुँदैछन् ।

त्यहाँको सरकारले तेलंगाना जेल विभागलार्इ भिखारी मुक्त शहर बनाउन जिम्मेवारी दिइसकेको छ । सोही अनुरुप उक्त विभागले भिखारीको बारेमा जानकारी दिने व्यक्तिलार्इ ५०० रुपैया इनाम दिने बताएको छ । ७ जनवरी २०१८ देखि लागु हुने गरी शहरको सडकमा सँधैका लागि भिख माग्न प्रतिबन्ध लगाउने भएको छ ।

तेलंगाना सरकारले भिखारी व्यवस्थापनको लागि आवश्यक तयारी र व्यवस्था पनि मिलाइसकिएको जनाएको छ । भिखारीलार्इ पुनर्बास, पागलपन भए उपचारको व्यवस्था आदि प्रबन्ध मिलाइएको छ । उनीहरूलार्इ फोटोसहितको परिचय पत्र पनि वितरण गरिनेछ ।