जिम्बाबेमा सैनिक हस्तक्षेप

जिम्बाबेको सेनाले त्यहाँको राष्ट्रिय टेलिभिजनलार्इ नियन्त्रणमा लिएको छ भने राष्ट्रपति रोबर्ट मुगावे पनि पक्राउ परेका छन् । सेनाले उक्त कदम सामाजिक तथा आर्थिक संकट निम्त्याउने राष्ट्रपति रोबर्ट मुगावेसम्बद्ध मानिसहरूप्रति लक्षित भएको बताएको छ ।

एक जना सैनिक जनरलले सञ्चार माध्यम मार्फत् दिइएको वक्तव्यमा सेनाको यो कदम कुनै “कु” नभएको र मुगावे सुरक्षित रहेको पनि बताइएको छ । राष्ट्रपति मुगावे कहाँ छन् भन्नेबारे खुलाइएको छैन । तर बिबिसी संवाददाताको अनुसार घटनाको प्रकृति हेर्दा ‘कु’ नै भएको जनाइएको छ ।

बुधबार बिहानै राजधानी हरारेमा बन्दुक र हातहतियारहरूको भिषण आवाज सुनिएको थियो । घटनाबारे मुगावेको प्रतिक्रिया आइसकेको छैन । ९३ वर्षीय मुगावेले गरिब देश जिम्बाबेको राजनीतिक वृत्तमा सन् १९८० को बेलायतबाट स्वतन्त्र भएदेखि नै एकलौटी शासन गर्दै आइरहेका छन् । बिबिसी