जब स्थानीयबासीले नै निर्वाचन सामाग्री खोसेर च्याते……

दाङको गढवा खैरामा स्थानीय जनताले आज निर्वाचन सामाग्री खोसेर च्याति दिएका छन् । गढवा ५ खैरामा स्थानीय जनताले निर्वाचन सामाग्री बोकेर गइरहेका स्वयमसेविकाबाट खोसेर च्याति दिएका हुन् ।

यसैबीच पुरानो संसदीय व्यवस्थाको चुनावलाई खारेज गर्दै आइरहेको नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा आज पनि दाङ देउखुरीको सतबारिया कमानपुरमा चुनाव खारेजी जनसभा सम्पन्न भएको छ ।

सतबरियाको कमानपुमा भएको जनसभालाई नेपाल कम्युनिष्ट पार्टीका गढवा राजपुरका इन्चार्ज गणेश चौधरी , लमही नगरका इन्चार्ज एकराज चौधरीले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्दै नेताहरूले असफल भइसकेको दलाल संसदीय व्यवस्थाको रंगीबिरगीं चुनावको भ्रममा नलाग्न र विभिन्न झुटको खेती गर्ने उम्मेद्वारलाई बहिस्कार गर्न आह्वान समेत गरेका थिए ।