काठमाडौँ महानगरपालिका धुलोमुक्त बनाउन प्रक्रिया अगाडि बढ्दै

स्थानिय तहको निर्वाचनका समयमा मुख्य नारा दिएको काठमाडौँ धुलोमुक्त बनाउने अभियान आझै पनि अगाडि बढ्न सकेको छैन ।
काठमाडौँ महानगरपालिकाले तत्काल ब्रसर (यान्त्रिक कुचो)का माध्यमबाट काठमाडौँको फोहोर सफा गर्न नसक्ने जनाएको छ ।

विद्यासुन्दर शाक्यले ब्रमरका लागि केही समयअघि नै बोलपत्र गरीसकिएको भए पनि मुल्य धेरै पर्ने भएकाले पुनः बोलपत्र गर्नुपर्ने अवस्था आएकाले तत्काललाई उक्त यन्त्र खरिद गर्न नसकिने बताए ।

प्रमुख शाक्यले कामपाको वातावरण विभागलाई निर्देशन दिँदै भने, “सफा गर्दा सडक छेउमा रहेको कागजको टुक्रा टिप्ने काम मात्र नगरी सबै स्थानमा धुुलोसमेत सफा गर्न आवश्यक छ ।”

कामपाले एक हप्ताभित्र सक्ने गरी त्रिपुरेश्वर, सुनधारा, नयाँ सडक, रत्नपार्कलगायत स्थानका सडक छेउछाउ र सडकको बीच भागमा रहेको खाली जग्गामा हरियाली बनाउन रुखबिरुवा रोप्ने काम तीव्र रुपमा अघि बढिरहेको सहप्रवक्ता नवराज ढकालले जानकारी दिए ।