अमेरिकाको क्यालिफोर्नियामा बालबालिकामाथि गोली चल्यो

४ को मृत्यु, १० घाइते

अमेरिकाको क्यालिफोर्नियामा फेरि गोली चलेको छ । विद्यालय जाँदै गरेको बालबालिकामाथि बन्दुकधारीले धन्धाधुन्दा चलाएका थिए ।
घटनामा बालबालिका बाहेक अन्य ४ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् ।

वाशिङटन पोष्टका अनुसार गोली चलाउने बन्दुकधारी पनि प्रहरीको जवाफी कारबाहीमा मारिएका छन् । विद्यालयलाई सुरक्षाकर्मीले घेरा हालेर राखेका छन् । यसअघि अमेरिकाको टेक्सासस्थित एक चर्चमा पनि गोली चल्दा २५ जनाको मृत्यु भएको थियो ।