अन्योलमा छन्,परिचयपत्र हराएका मतदाताहरू

फोटोसहितको मतदाता परिचयपत्र हराएका खोटाङका मतदाता आसन्न निर्वाचनमा मत हाल्न पाउने÷नपाउनेमा अलमलमा परेका छन् ।यसअघि लिएको मतदाता परिचयपत्र हराएका मतदाता आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा सहभागी हुन पाउने÷नपाउनेमा अलमलिएका हुन् ।

मतदाता नामावलीमा नाम समावेश भएका तर परिचयपत्र हराएका मतदाताले आगामी निर्वाचनमा मत हाल्न पाउने÷नपाउने भन्ने विषयमा आयोगको आधिकारिक धारणा नआउँदा अन्योल छाएको स्थानीयले बताएका छन् । परिचयपत्र हराएका मतदाताको विषयमा आयोगको स्पष्ट धारणा नआएसम्म आफूसँग आधिकारिक जवाफ नभएको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताउनुभयो ।

जिल्लामा आसन्न निर्वाचनमा मत हाल्ने मतदाता संख्या एकलाख २५ हजार १८३ रहेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दश राजनीतिक दलले आगामी निर्वाचनमा भाग लिएका छन् ।