घुस लिदै गरेका शसस्त्र प्रहरी जवान रंगेहात अख्तियारको फन्दामा

बाँके ,काेहलपुर घुस लिदै गरेका शसस्त्र प्रहरी एक जवानलार्इ अख्तियारले रंगेहात पक्राउ गरेकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय कोहलपुरको टोलीले साेमबार नेपालगन्ज धम्बोजि चोक नजिकबाट शम्भु प्रसाद आचार्यलाई नियन्त्रणमा लिएको छ । शसस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गण नेपालगन्जमा कार्यरत जवानलाई सेवा ग्राहीबाट घुस लिदै गर्दा अख्तियारको कब्जामा परेका हुन ।

सम्पर्क कार्यालयका प्रमुख इश्वर कार्कीका अनुसार प्रहरी जवानका साथबाट ७ हजार रुपैया लिईराखेको अबस्थामा पक्राउ गरिएको हो । शसस्त्र प्रहरी जवान शसस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गण कारकादो नेपालगन्जमा कार्यरत छन ।

सेवाग्रही बाट रुपैडिहाबाट ल्याएको समान नेपाल ल्याउन सहयोग गरे बापत उक्त रकम लिएको प्रमुख कार्कीले उल्लेख गर्नु भयो । प्रहरी जवानलाई अख्तियारको नियन्त्रणमा दिई थप अनुसन्धान भैरहेको छ ।