यस्ताे अपत्तिजनक अवस्थामा भेटिए एमालेका वडाअध्यक्ष

नेकपा एमालेको तर्फबाट स्थानीय तहमा निर्वाचित वडाअध्यक्ष र अर्की महिला जनप्रतिनिधि शारीरिक सम्पर्क गरिरहेको अवस्थामा भेटिएका छन् । जलेश्वर नगरपालिका–८ का वडाध्यक्ष विजयकुमार सिंह र दलित महिला वडा सदस्यलाई गएराति प्रहरीले आपत्तिजनक अवस्थामै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


गए राति साढे १० बजेतिर जलेश्वर–८ स्थित दलित महिला वडा सदस्यको घरमा वडाध्यक्ष सिंह र दलित महिला वडा सदस्य दुवैलाई आपत्तिजनक अवस्थामा महिलाका देवर, ससुरा र जेठाजुले देखेपछि बाहिरबाटै दुवै जनालाई घरमा थुनेर गाउँलेलाई बोलाएर दुवैलाई रंगेहात पक्राउ गरिएको प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।

सो महिलाका घरका सदस्यहरु तथा गाउँलेले अध्यक्ष सिंह र दलित महिलालाई पक्राउ गरी प्रहरी बोलाएर गए राति ११ बजे दुवैलाई प्रहरीको जिम्मा लगाएका थए । प्रहरीले दुवैलाई गए राति नै मेडिकल जाँच गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सिंह नेकपा (एमाले) बाट वडाध्यक्षमा विजयी भएका थिए भने महिला दलित महिला कोटाबाट निर्वाचित भएकी थिइन् । वडा सदस्य महिलाका श्रीमान नौ महिनाअघि वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको परिवारले जनाएका छन् ।