एमालेबाट मुख्यमन्त्रीका दाबेदार राई चढेको गाडी एम्बुसमा

अंग रक्षक घाइते

नेकपा (एमाले) र माअाेवादी केन्द्रका उम्मेदवारसहितका नेताहरु चढेकाे गाडी एम्बुसमा परेकाे छ । संखुवासभाकाे बाह्रबीसेमा अायाेजना गरिएकाे सभामा जान लागेका बेला नेताहरु चढेकाे गाडी एम्बुसमा परेकाे हाे । अज्ञात समूहले गराएकाे वम विष्फाेटबाट मानवीय क्षति भने नभएकाे संखुवासभामा प्रहरीले जानकारी दिएकाे छ । उक्त गाडीमा बाम गठबन्धनका ४ जना नेताहरु राजेन्द्र गौतम, इन्दिरा मिश्र, राजेन्द्र कार्की र पूर्ण राई रहेका थिए ।

उनीहरु संखुवासभाकै धुपु भन्ने ठाउँबाट बाह्रबीसे जान लागेकाे बताइएकाे छ । बाह्रबीसमाे अाज मंगलबार चुनावी सभाकाे अायाेजना गरिएकाे जानकारी माअाेवादी केन्द्रका नेताहरुले जनाएका छन् । साेही सभालार्इ सम्बाेधन गर्नका लागि एमाले नेता राजेन्द्र गाैतमसहित माअाेवादी केन्द्रका नेता तथा उम्मेदवारहरु जान लागेका थिए ।

विष्फाेटबाट गाडीमा सामान्य क्षति पुगेको बताइएको छ । बाटाेमा राखिएकाे बम विष्फाेट भएर गाडीमा सामान्य क्षति पुगेकाे खबर अाएपछि त्यसतर्फ सुरक्षाकर्मी परिचाल गरिएकाे छ । साथै त्यस क्षेत्रमा केही समय हेलिकप्टरबाट गस्ती पनि गरिएकाे जानकारी प्रहरीले दिएकाे छ । प्रहरीले उक्त विष्फाेट कसले र किन गराएको हो भन्नेबारे अनुसन्धान सुरु गरेकाे जनाएकाे छ ।

घटनालार्इ गम्भीर रूपमा लिएकाे छु रार्इ

 नेता राईले जिल्लामा अाफ्नो लोकप्रियता देखेर अाफूमाथि अाक्रमण भएको बताएका छन । उनले अाक्रमणलाई अाफूले गम्भीर रुपमा लिएको बताए ।  अाफूलाई भौतिक रुपमै सिध्याउन अाक्रमण भएको दाबी समेत गरेका छन ।