नवगठित क्रियटिभ वल्र्डको अध्यक्षमा थापा

भाषा, साहित्य, कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ राजधानीमा नयाँ साहित्यिक संस्था ‘क्रियटिभ वल्र्ड’को गठन गरिएको छ । सहित्यकार पुष्कर रिजाल ‘पुष्प’को संयोजकत्व आयोजित भेलाले बेगम थापा ‘निश्चल’को अध्यक्षतामा कार्यसमिति गठन भएको छ ।

उपाध्यक्षमा लिलाराज दाहाल, सचिवमा प्रकाश किरण, सहसचिवमा हेमन्त शिशिर, कोषाध्यक्षमा सुर्य संकल्प निर्मोही चयन भएका छन् । भेलाले सदस्यमा कपिल अन्जान, नवीन बुढा, बिनु भट्टराई, सुमन स्मारिका, रविना घिमिरेलाई चयन गरिएको छ ।

भाषा, साहित्य, कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ संस्थाको स्थापना गरिएको नवनिर्वाचित अध्यक्ष थापाले बताए । उनले बुक, बुक रिडर र बुक राईटरलाई एउटै मञ्चमा उभ्याउने पुलको रूपमा संस्थाले काम गर्ने बताए । थापाले निकट दिनमै संस्थाले साहित्यिक पत्रीका प्रकाशन गर्नुका साथै अक्षय कोष स्थापना गरिने र राजधानीका साहित्यिक संस्थासँग सहकार्य गरेर अघि बढ्ने योजना रहेको बताए ।