बाहिरिदै फाइनान्स समूहबाट नागरिक लगानी कोष

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नागरिक लगानी कोषलाई फाइनान्स समूहबाट हटाउने तयारी गरेको छ । कोषलाई अन्य समूहमा सूचीकृत गर्नका लागि फाइनान्स समूहबाट हटाउन लागेको हो । नेप्से यसभन्दा अघि विकास बैंक समूहमा सूचीकृत माइक्रोफाइनान्सलाई पनि छुट्याएर छुट्टै लघुवित्त समूहको नयाँ समूहगत परिसूचक सुरु गरेको छ । सेयर बजारमा सूचीकृत कम्पनीको कामको प्रकृतिअनुसार विभाजन गरेर समूहगत सूचक निर्माण गरेको हो । हाल नेप्सेमा समूहगत परिसूचकको संख्या १० पुगेको छ ।

फाइनान्स समूहमा सूचीकृत नागरिक लगानी कोषलाई पनि त्यो समूहबाट हटाएर अन्य समूहमा लैजाने सोच बनाएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । कोष नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त कम्पनी नभएकाले र जलविद्युत् विकास कम्पनी पनि अन्य समूहमा सूचीकृत भएकाले कोषलाई पनि अन्य समूहमा लैजाने उनले बताए ।,यो खबर आजको कारोबार दैनिक बाट लियिएको हो ।

हाल नेप्सेमा ३१ फाइनान्स कम्पनीको फाइनान्स समूह रहेका छन् । नगारिक लगानी कोष झिकेपछि त्यो समूहमा सूचीकृत कम्पनीको संख्या ३० हुनेछ । तर, अन्य समूहमा सूचीकृत कम्पनीको संख्या एकले बढेर ४ पुग्नेछ । तर, ४ कम्पनीमात्र भए पनि सेयर बजारमा अन्य समूहको वेटेज धेरै छ । त्यो समूहमा ठूला कम्पनीहरु नेपाल टेलिकम तथा जलविद्युत् लगानी विकास कम्पनी सूचीकृत छन् । सरकारी लगानीको फरक प्रकृतिको वित्तीय सेवा प्रदान गर्ने नागरिक लगानी कोषको नेप्सेमा ७४ लाख २ हजार ४ सय ४७ कित्ता सेयर सूचीकृत छ । कोषको बजार पुँजीकरण मात्र २६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।

हाल अन्य समूहको समूहगत परिसूचक ८०९ अंकमा छ । तर, फाइनान्स समूहको परिसूचक ७५४ अंकमा रहेको छ । यो समयमा नेप्से परिसूचक भने १४ ६० अंकमा रहेको छ ।