जनतालाई उधारो वाचा गरेर चुनाव लड्ने दिन गए – हितमान शाक्य

काठमाडौं क्षेत्र नम्बर १० एमाले–माओवादी केन्द्रका साझा उम्मेदवार हितमान शाक्यले जनतालाई उधारो वाचा गरेर चुनाव लड्ने दिन गएको प्रतिक्रिया दिएका  छन  । जनतालार्इ ढाँटेकाे जस्ताे भएकाे छ । राजनितक संस्कारले त्यस्ताे पर्न गएकाे बताउदै अब अाफु त्यस्ताे परम्परागत नारा र अाश्वासनकाे पक्षमा नरहेकाे स्पषट पारे । मुलुक स्थाइ शान्ती र समृद्भीतिर उन्मुख भएकाे भन्दै अबकाे मिसन बिकाससंगसंगै बेराेगारीताकेा अन्त्य पनि रहेकाे बताए ।

कीर्तिपुरमा शुक्रबार आयोजित अगुवा नेता तथा कार्यकर्ता प्रशिक्षणमा कार्यक्रममा नेता शाक्यले अब जनतालार्इ झुक्याएर भाेट माग्न दिन गएकाे बताए ।  मुलुकमा आर्थिक समृद्धिको क्रान्ति आवश्यक रहेको भन्दै शाक्यले आफू जीवनमा कहिल्यै पनि हार नखाएको  दावी गरे उनले यस पटकको चुनावमा भारी मतसहित विजयी हुने पक्का भएकाे बताए ।

चुनावी प्रशिक्षणमा काठमाडौं क्षेत्र नम्बर १० का प्रदेशसभा उम्मेदवार दिलिप मर्हजन र रमा आले मगरले आफ्नो क्षेत्रमा वाम गठबन्धन विजयी हुने धारणा राखे । कार्यक्रममा एमाले तथा माओवादी केन्द्रका अगुुुुवा नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।