३० बर्षदेखी १० नं क्षेत्रका जनताकाे बिचमा छु त्यसैले मेराे जित पक्का छ – राजन्द्र के.सी

खेलकुदमन्त्री तथा काठमाडौ क्षेत्र नं १० का नेपाली कांग्रेशका उम्मेदवार राजेन्द्र कुमार केसीले ३० बर्षदेखी १० नं क्षेत्रका जनताकाे बिचमा भएकाेले अाफना जित पक्का भएकाे बताएका छन ।  जनताकाे बिचमा रहनु जनताकाे काम गर्नु हाे  त्यसैले मेराे जित पक्का छ उनले भने  मुलुकमा बिकासका पूर्वाधार तयार गर्नु र बेरोगारी अन्त्य गर्नु अबको आवश्यकता भएको बताए   ।  आज काठमाडौमा स्टार हस्पीटलद्धारा बिश्व मधुमेह दिवसको अबसरमा आयोजित अन्तक्रीया कार्यक्रममा बोल्दै मन्त्री केसीले मुलुकमा बेरोजगारीताको अन्त गर्नु प्रमुख चुनौती रहेको बताएका हुन ।

खेलकुद मन्त्री तथा नेपाली काग्रेशका १० नं क्षेत्रका प्रतिनिधी सभाका उम्मेदवार समेत रहेका केसीले ३० बर्षदेखी आफुले १० नं क्षेत्रका जनतलाई अनुभुती हुने गरी बिकास गरेको दावी गरे ।

केसीले अब पनि त्यसलाई निरन्तरता दिएर बिकासका पुर्वाधार तयार पार्ने स्पष्ट पारे  । कार्यक्रममा स्टार हस्पीटल प्रालीका अध्यक्ष बसन्तचन्द्र मरहटाले सरकारले निजी क्षेत्रलाई संरक्षण नगर्ने र उपयोग मात्र गर्ने गरेको गुनासाे गरे। बिश्वमधुमेह दिवसको अबसरमा हस्पीटलले सेवामुलुक सम्बन्धी बिभिन्न कार्यक्रम समेत गर्ने जानकारी दिए ।