अन्ततः मिलापत्रमा टुंगियो जनप्रतिनिधि कुटपिटको घटना

गत मंगलबार नेपालगन्जमा राप्रपा पार्टी कार्यालय अगाडि भएको इन्दिरा शाही र बिष्णु ठकुरीबीच भएको झगडा अन्तत मिलापत्रमा टुंगिएको छ । राप्रपा निकट महिला संगठनको जिल्ला अधिबेशनको कुरालाई लिएर दुई जना बीचमा भएको झगडा जिल्ला प्रहरी कार्यालयमा पुगेर मिलापत्र भएको हो ।

नेपालगन्ज उप–महानगरपालिका नगर कार्यपालिका सदस्य समेत रहेकी शाहीलाई राप्रपा बाँके जिल्ला सदस्य ठकुरीले कुटपिट गरेकी थिईन । जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा ठकुरीले आफ्नो गल्ती स्वीकार गर्दै आगामि दिनमा त्यस्तो प्रकारको कुनैपनि व्यवहार नगर्ने नदोहराउने प्रतिबद्धता व्यक्त गरेकी थिईन ।

‘बैनी सरह की ठकुरीले सबैको अगाडि आफ्नो गल्ती स्वीकारेपछि हामी दिदी बैनी सरह नै मिल्ने भनेर मिलापत्र गरेका छौ’– शाहीले भनिन । पार्टीबाट समेत घटनाको बारेमा छानबिन हुनु पर्ने आफ्नो माग रहेको र पार्टीले निर्वाचन पछि त्यसको निर्णय गर्ने आश्वासन दिएको बताईन । कुटपिटको आरोप लागेकी ठकुरीलेले अज्ञानताबस गल्ती गरेको भएपनि आगामि दिनमा शाहीसंगै सहकार्य गरेर अघि बढ्ने बताईन ।