यसरी भोट माग्दै खेतवारी सम्म पुग्छन गणेश सिंह

जाजरकोटमा बाम गठबन्धनका उम्मेदवार गणेश प्रसादसिंह किसानका खेतवारीमा गएर भोट माग्न थालेका छन् । निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा (क) का उम्मेदवार गणेश प्रसाद सिंह खेतवारीमै गएर भोट माग्न थालेका हुन् ।

यो समयमा यहाँका किसानहरु गहुँ छर्न तथा धान भित्र्याउन खेतवारीमा व्यस्त हुने भएकाले सिंह खेतवारीमै पुग्ने गरेका छन् । जिल्लाको कुशे गाउँपालिका वडा ९ गैरीखेतमा गहुँ छरी रहेका किसानको खेतमै गएर सिंहले भोट मागेका हुन् । यसरी आफ्नो खेतमै भोट माग्न आउने उम्मेदवार पहिलो भएको राधिका आर.सी ले वताइन ।

यतिवेला यहाँका उम्मेदवारहरु भोट माग्न मतदाताको घरदैलोमै व्यस्त छन् । संन्चो बिसन्चो सोध्दै आफुलाई जिताउन भोट मागिरहेका छन् । खेतवारी तथा घरदैलोमका पुगेका उम्मेदवारहरुलाई मतदाताले विशेषगरि सडक, खानेपानी, विद्युत लगायतका मागहरु राख्ने गरेका छन् । आफ्ना मागहरु तत्कालै पुरा गर्ने उम्मेदवारलाई भोट हाल्ने कुशे गाउँपालिका ५, का डिल्लि बहादुर थापाले बताए ।