अछाममा हावाबाट बिजुली उत्पादन, कमजबजार झिलिमिली

अछाममा हावाबाट बिजुली निकालिएको छ । कमलबजारमा गतको भदौ पहिलो साताबाट २० किलोवाट हावाबाट र ११ किलोवाट सोलारबाट बिजुली उत्पादन गरिपछि कमल बजार झिलिमिलि भएको छ । कमलबजार क्षेत्रका १४५ घरमा हावाबाट भदौ महिनादेखि निरन्तर बिजुली बलिरहेको छ । हावाको माध्यमबाट विजुली उत्पादन गरी गाउँनै झिलिमिलि बनेपछि खुशी भएको कमलबजारका भीम खतिवडाले बताए ।
कमलबजारको हवाई मैदान नजिकैबाट सञ्चालनमा ल्याइएको उक्त विद्युत बजार क्षेत्रमा वितरण गरिएको छ । अघिल्लो वर्ष मंसिर तेश्रो साताबाट हावाबाट बिजुली निकाल्ने काम सुरु भएको थियो ।

उपभोक्ता समितिले वैकल्पिक ऊर्जा केन्द्रलाई झण्डै ३० लाख बढी रुपैयाँ तिर्न नसकेपछि विद्युत सञ्चालनमा ढिलाई भएको थियो ।
नगरपालिकाका कार्यकारी प्रमुख लोकहरी थापाका अनुसार वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रको सहयोग, स्थानीयको नगद र जनश्रमदानसहित एक करोड ५७ लाखमा उक्त विद्युत सञ्चालनमा आएको थियो ।

उक्त विद्युत उपयोग गरेवापत उपभोक्ताले प्रतियुनिट १० रुपमा समेत शुल्क तिरिरहेका छन् । उपभोक्ताबाट संकलन गरिएको रकमले प्राविधिकको तलब र अन्य मर्मत लगायतमा खर्च गरिनेछ । विद्युतको क्षमता भएपनि बर्षायाममा हावा नलागेमा विद्युत उत्पादन नहुने स्थानीयलाई चिन्ता लागेको छ ।