चर्चामा डडेलधुराः देउवालाई चुनौती-बलियो वाम गठबन्धनसंग रोचक प्रतिस्पर्धा !

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका छन् ।

चुनाव जितेर उनी गृहमन्त्री हुँदै चारपटक प्रधानमन्त्रीसमेत भईसकेका छन् । देउवाले यो विरासत मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा जोगाउन सक्लान त ? विगतमा भन्दा अहिले राजनीतिक ध्रुवीकरण बदलिएकाले यो प्रश्न उठेको हो । दुई ठुला वामपन्थी दल एमाले र माओवादी केन्द्र मिलेर चुनावी गठबन्धन गरेकाले देउवाका लागि परिस्थिती पेचिलो बन्दै गएको छ ।

देउवा अहिले बलियो वाम गठबन्धनसंग प्रतिस्पर्धामा छन् ।  त्यसैले त डडेलधुराको निर्वाचन सबैतिर चर्चा र चासोको विषय बनेको छ । , यो खबर आजको नागरिक दैनिकले लेखेको छ ।